नेपाली क्रिकेट टिम भोलि स्वदेश फर्कदै

खेल साउन २० २०७५ ekhabarnepal
Team 1158124170nepali team

काठमाडौं साउन २०, 
 नदेरल्यान्ड्ससँग एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेलेको नेपाली क्रिकेट टिम भोलि (सोमबार) स्वदेश फर्किने भएको छ । नेपाली समयअनुसार क्रिकेट टिम बिहान ८ बजेर ५० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।

नेदरल्यान्ड्सबाट नेपाली क्रिकेट टिम आज इंग्ल्यान्ड प्रस्थान गर्नेछ । इंग्ल्यान्ड हुँदै स्वदेश फर्किन लागेको हो । नेपाली टिमले नेदरल्यान्ड्ससँग ऐतिहासिक २ खेलको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेलको थियो । जसमा नेपालले नेदरल्यान्ड्ससँग सिरिज १–१ को बराबरीमा टुंग्याएको थियो ।

पहिलो खेलमा ५५ रनले पराजित भएको नेपालले अन्तिम तथा दोस्रो खेलमा १ रनको शनशनीपूर्ण जित निकालेको थियो । नेपाली क्रिकेट टिममा रहेका युवा बलर सन्दीप लामिछाने भने उतैबाट वेष्ट इन्डिजमा हुने क्यारेवियन प्रिमियर लिग (सीपीएल) मा खेल्न गइसकेका छन् ।

नेपालले नेदरल्यान्ड्ससँग एक दिवसीय क्रिकेट सिरिज खेल्नुभन्दा अघि नेदरल्यान्ड्स र एमसीसीसँग इंग्ल्यान्डमा त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट सिरिज खेलेको थियो । यद्यपी वर्षा बाधक भएपनि नेपाल र नेदरल्यान्ड्सले संयुक्तरुपमा सिरिज जितेको थियो ।

प्राप्त प्रतिकृयाहरू

To Top