गजल

मनोरञ्जन साउन १७ २०७५ ekhabarnepal
Fb img 15330259352677318 1

गोपाल राज न्यौपाने।


" जति हजुर भन, जति आफ्नै बन,
 सर्प कहिल्यै भाइ, बन्दै बन्दैन।।

स्वाभिमान अझै पनि, बचाउनु छ भने हाम्रो
सीमानामा पर्खाल नलाइ ,बन्दै बन्दैन।।

सभ्य बन्न त ,राम्रो व्यवहार चाहिन्छ,
दाम्लो झुन्डाएर, कहिल्यै टाइ बन्दै बन्दैन।।

साँच्चै यदि , देश बनाउनु छ  भने
दुइ चार जना,  नेता नढलाइ बन्दै बन्दैन।।

सलाईको काम त ,आगो लाउने हो 
आगो निभाउने सलाई, बन्दै बन्दैन ।।

मान्छे मारेर देश बन्छ, भन्थ्यौ नी ? 
म भन्दै थिए, नाइ बन्दै बन्दैन ।।"

प्राप्त प्रतिकृयाहरू

To Top