गजल

मनोरञ्जन साउन १५ २०७५ ekhabarnepal
4007

"सोच्दैछु हरेक मान्छे ,पिरमा किन हुन्छ ?
आधा अधुरा प्रेम, तग्दिरमा किन हुन्छ ?


देवस्थल हो भन्छन,  भन्निले तरपनि,
निर्मम पशुको हत्या, मन्दिरमा किन हुन्छ ?


आजसम्म यति पनि बुझ्न, सकेको छैन मैले,
सुन्दर फूल अप्ठयारो, भीरमा किन हुन्छ  ?


सिंगो संसार बदल्ने, साहस राख्ने यो मन,
मात्रै एउटा प्रेमिल, जन्जिरमा किन हुन्छ  ?


प्रेम मनबाट गरीन्छ रे,सबै यहि त भन्छन,
तर यो दुनियाँको नजर, शरीरमा किन हुन्छ ?"
                                                         © शब्द शंकर 
                           
                          

प्राप्त प्रतिकृयाहरू

To Top