कबिता - "राष्ट्रप्रेम"

मनोरञ्जन साउन १४ २०७५ ekhabarnepal
Rita kafle 34545

   रिता काफ्ले।  

                                                           "आमा भन्छिन ,
                                                           तिम्रो गहमा आँशु सुहाउदैन छोरी "।।। 

तिमी त गोर्खाली नेपालिको छोरी , 
एक नेपालि रुदा तिम्रो हासो कदापि छुटनु हुदैन ।।
बेसाहारा अनि रोगीलाई, साहारा र मलम लगाइदेउ 
गज्बको मैका आयो ,मेरो भाग्य खुल्यो भनेर लुट्नु हुदैन।।।। 

 

तिमी त गोर्खाली नेपालिको छोरी ,
अन्याय र अशान्तिमै  जिवन  चलिहाल्छ भनि सोच्न ुहुदैन ।।
देशको मुहार फेर्नलाई कलम अनि तरबार पनि धारिलो बनाउ
पिडामै रमाउन बाध्य यि नेपालिलाई आलो घाउमा घोच्नुहुदैन ।।।।

 

तिमी त गोर्खाली नेपालिको छोरी ,
आफूमा भएको ज्ञान बाड तिमी आफू भित्र मात्र पोस्नु हुदैन ।।
शुसासन अनि जन शासन भित्राउन सबैलाई निम्तो गर आज 
असफ बनैली फेरी ,एक्लै अरिङगालको पोलोमा आगो ठोस्नु हुदैन ।।।।


तिमी त गोर्खाली नेपालिको छोरी, 
कदम सधैँ अगाडि बढाइराख, पछाडि पाईला हटाउनु हुदैन ।।
सबै नेपालिलाई  एउटै मालामा गाँस्न सकुँ अठोट गर तिमी 
'बिचरा भन्दै जरा खन्दै'गर्नेहरुलाई देशको सिमानामा टसाउनु हुदैन।।।।

                                        
                             
 

प्राप्त प्रतिकृयाहरू

To Top