त्रिकोणात्मक टी–२० सिरिज: एमसीसी माथी नेपालको शानदार जित 

खेल साउन १४ २०७५ ekhabarnepal
Cricket  342354354

काठमाडौँ साउन १४,
 बेलायतको लर्ड्स क्रिकेट मैदानमा आइतबार भएको त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले मेरिलोबन क्रिकेट क्लब(एमसिसी)लाई नौ विकेटले पराजित गरेको छ । 

नेपालले टस जितेर फिल्डिङ रोजेपछि एमसीसीले ६ ओभरको खेलमा चार विकेटको क्षतिमा ४० रन बनायो । नेपालले ४१ रनको विजय लक्ष्य ४ दशमलव ४ ओभरमा एक विकेट गुमाउँदै पुरा गर्यो । 

वर्षाका कारण २० ओभरको खेललाई ६ ओभरमा सीमित गरिएको थियो । नेपालका लागि सुवास खकुरेलले अविजित १६ रन बनाए । उनले १५ बल खेल्दै दुई चौका प्रहार गरे । उपकप्तान ज्ञानेन्द्र मल्लले अविजित १२ रन बनाए । उनले चार बल खेल्दै एक छक्का र एक चौका हाने । अनिलकुमार साहले नौ रनको योगदान दिए । 

यसअघि ब्याटिङ गर्दै एमसीसीका लागि कप्तान माहेला जयवद्र्धनेले अविजित २४ रन बनाए । 

बलिङतर्फ नेपालका सोमपाल कामीले दुई तथा शक्ति गौचनले एक विकेट लिए । 
रासस

प्राप्त प्रतिकृयाहरू

To Top