खाली पेटमा किशमिस खानुका पाँच फाईदाहरु  ,जानिराखौं

स्वास्थ्य साउन १२ २०७५ ekhabarnepal
Kismis 256861985 165

एजेन्सी । किशमिशमा आइरन, पोटाशियम, क्याल्सियम, म्याग्नेसियम र फाइबरको पार्याप्त मात्रा हुन्छ । यसकारण यसलाई स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ ।भारतका आयुर्बेद एक्सपर्ट अबरार मल्तानीका अनुसार किशमिसमा गुलियो मात्रा बढि हुने भएकाले रातभरी यसलाई भिजाएर राख्दा यसको गुलियो पन कम हुने र पौष्टिक तत्वमा वृद्धि हुन्छ ।

यसरी बनाउँहोस् किशमिशको पानीः

एक कप पानी उमालेर त्यसमा एक मुठ्ठी धोएको किशमिश हाल्नुहोस् र रातभरी छोडिदिनुहोस् । बिहान हल्का तातो बनाएर खाली पेटमा यसलाई खानुहोस् र किशमिशलाई मज्जाले चपाएर खानुहोस् ।किशमिश एक उत्कृष्ट डिटक्स गर्ने ड्राइफ्रुट हो । यसको पानीले शरिरको सबै टक्सिन बाहिर निकाल्ने गर्दछ ।

  • किशमिशमा प्रचुर मात्रामा फाइबर पाइन्छ जसले पाचन क्रियामा सहयोग पुर्याउँछ । यसको पानी पिउँदा पाच क्रिया सही हुन्छ ।
  • किशमिशमा एन्टिब्याक्टेरियल गुण हुन्छ । जसका कारण मुखको दुर्गन्धलाई टाढा राखेर घाँटीको संक्रमणबाट जोगाउँछ ।
  • किशमिशमा क्याल्सियम र माइक्रो न्यूट्रियन्ट पाइन्छ । यसले हड्डी र जोर्नी बलियो राख्न सहयोग गर्दछ ।
  • यसमा आइरनको मात्रा पनि प्रचुर हुन्छ । त्यसकारण किशमिश र यसको पानी खाँदा शरिरमा रगतको मात्रा बढ्छ जसले रक्तअल्पत्ता हुनबाट जोगाउँछ ।
  • किशमिशमा फाइबर र अन्य पोषक तत्व प्रचुर मात्रामा पाइन्छ जसले कोलेस्ट्रोलको स्तरलाई नियन्त्रित गरेर मुटु रोगबाट पनि जोगाउँछ ।

प्राप्त प्रतिकृयाहरू

To Top