एसिसी एसिया कपमा नेपालसहित ६ टिमबीच प्रतिस्पर्धा हुनेछ 

खेल साउन ११ २०७५ ekhabarnepal
Cricket team 453623573

काठमाडौं साउन ११, 
 एसिसी एसिया कप छनोट प्रतियोगिता मलेसियामा हुने भएको छ । यसअघि भारतमा हुने भनिएको प्रतियोगिता अब मलेसियामा हुने एसियाली क्रिकेट काउन्सिल(एसिसी) ले जनाएको छ।प्रतियोगिता आगामी भदौ ११ देखि २२ गतेसम्म मलेसियामा हुने एसिसीले जनाएको हो।

छनोट प्रतियोगितामा ६ टिमबीच प्रतिस्पर्धा हुनेछ। युएई, हङकङ, नेपाल, सिंगापुर, मलेसिया र ओमानबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको विजेता टिम एसिया कपका लागि छनोट हुनेछ। नेपाल र युइई एकदिवसीय मान्यता प्राप्त राष्ट्र हुन् । त्यसैले नेपाल र युएईबीचको खेल एकदिवसीय हुनेछ।

६ टिम मध्ये छनोट पार गर्ने एक टिम भदौ ३० देखि युएईमा हुने एसिया कपमा छनोट हुनेछ।एसिया कपको समूह विभाजन यसअघि नै भइसकेको छ। मलेसिया हुने प्रतियोगिताबाट छनोट हुने टिम भारत र पाकिस्तान रहेको समूहमा पर्नेछ।

प्राप्त प्रतिकृयाहरू

To Top