नेपालको तेस्रो अभ्यास खेल इष्ट लन्डन–११सँग ,खेल ३ : ४५ मा सुरु हुदैछ

खेल साउन ९ २०७५ ekhabarnepal
Img 2836 gr9p5euuc4 345344444444

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम यतिबेला लन्डन र नेदरल्यान्डस् टुरका लागि लन्डनका स्थानीय क्लबहरुसँग अभ्यास खेल खेल्दैछ । बुधबार नेपालले आफ्नो तेस्रो खेल लन्डनको इष्ट लन्डन ११ क्रिकेट क्लबसँग खेल्दैछ ।
नेपाल र इष्ट लन्डन ११ बीचको खेल नेपाली समयअनुसार ३ बजेर ४५ मिनेटमा सुरु हुनेछ । यसअघि नेपालले पहिलो अभ्यास खेल ५० ओभर र दोस्रो खेल २० ओभरको खेलेको थियो भने तेस्रो खेलमा नेपालले पुनः ५० ओभरको खेल खेल्दैछ ।
पहिलो अभ्यास खेलमा नेपालले लन्डनको स्थानीय क्रिकेट क्लब ह्यामसायर होग्ससँग खेलेको थियो । होग्ससँगको खेलमा नेपाल २४३ रनले विजयी भएको थियो ।
पहिला ब्याटिङको निम्तो पाएको नेपालले होग्सका लागि ३६२ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो । जसमा नेपालका कप्तान पारस खड्काले १६१ रन बनाएका थिए भने होग्स क्लबलाई धराशायी बनाउन नेपालका स्पिनर ललित राजबंशीले ५ विकेट लिएका थिए ।
त्यस्तै, दोस्रो अभ्यास खेलमा नेपाल सेन्ट क्रससँग १९ रनले पराजित भएको थियो । १६९ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४९ रनमा समेटिएको थियो ।
साउन १३ गते इंग्ल्यान्डको लर्डस्मा क्रिकेटकै पुरानो क्लब एमसीसी र नेदरल्यान्ड्ससँग नेपालले त्रिकोणात्मक टि–ट्वान्टी सिरिज खेल्दैछ । त्यस्तै, साउन १६ र १८ गते नेपालले नेदरल्यान्ड्ससँग उसैको भूमिमा ऐतिहासिक २ खेलको एक दिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्दैछ ।

प्राप्त प्रतिकृयाहरू

To Top