विद्यालयस्तरीय एन्फा कपको फाइनल खेल आज 

खेल साउन ८ २०७५ ekhabarnepal
Images 566576565

बुटवल ।
विद्यालयस्तरीय एन्फा कपको फाइनल खेल आज हुदैछ । एन्फा टेक्निकल सेन्टर देबिनगरमा सन्चालीत एन्फा कपको फाइनल आज दिउसो हुन लागेको हो ।हिजो सम्पन्न सेमिफाइनल खेलमा छात्रातर्फ स्मृती बोर्डीङले सिद्धार्थलाइ २ –१ ले पराजीत गर्दै फाइनलमा शान्ति नमुनासगको भेट पक्का गरेको हो । त्यस्तै अर्को सेमिफाइनल खेलमा शान्तिले नबिन औधोगीक माबीलाइ ४ शुन्यले पराजीत गरेको थियो ।
यसैगरी छात्रतर्फको फाइनल खेल पनि आजै हँुदैछ । । स्कर्लसहोम बोर्डीङलार्इ सेमिफाइनलमा २ –३ ले पाखा लगाएको स्मृती बोर्डीङ स्कुलले न्यु होराइजनसग प्रतीस्पर्धा गर्दै छ । होराइजनले सेमीफाइनलमा युगज्योतीलाइ ६–० ले पराजीत गर्दै स्मृतीसगको भेट पक्का गरेको हो ।
छात्र र छात्रातर्फको फाइनलमा पुगेको स्मृती बोर्डीङले होराइजन र शान्ति नमुनासग प्रतीस्पर्धा गर्न लागेको हो ।प्रतीयोगीताको बिजेता छात्रा टोलीले नगद १० हजार तथा उपबिजेताले ५ हजार प्राप्त गर्नेछन भने छात्रतर्फको बिजेतालाइ ३० हजार प्रदान गरिनेछ । यस्तै उपबिजेताले २० हजार तथा सेमिफाइनलीस्ट दुइ टिमका लागी ५ हजार प्रदान गरिने छ ।

प्रतीयोगीताको फाइनल खेलको उद्घाटन दिउसो ३ बजे  प्रदेश ५ का समाजीकबिकास मन्त्रि सुर्दशन बरालले गर्ने जिल्ला फुटबल सघं रुपन्देहीले जनाकारी दिएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top