ओजिललाई जातिवादीको आरोप लागेपछि फुटबल खेलबाट सन्यासको घोषणा

खेल साउन ७ २०७५ ekhabarnepal
Ttttt3444

एजेन्सी । आर्सनलका जर्मन मिडफिल्डर मेसुट ओजिलले अन्तर्राष्ट्रिय खेलबाट सन्यासको घोषणा गरेका छन् । जर्मन फुटबल एसोशिएसन (जिएफए) को वक्तव्य सार्वजनिक भएपछि आफूलाई जातिवादीको आरोप लागेको भन्दै ओजिलले सन्यासको घोषणा गरेका हुन् ।

ओजिलले जातिवादी भन्दै आफूलाई अपमान गरिएको बताएका छन् । जातिवाद आफूलाई कहिलै स्वीकार्य नहुने पनि उनले स्पष्ट पारेका छन् । सन्यासको घोषणा गर्दै ओजिलले आफ्ना पुर्खाको अपमान गरिएको गुनासो गरेका छन् । रुस विश्वकपमा राम्रो प्रदर्शन गर्न नसकेपछि आलोचना खेपेका ओजिल पछिल्लो समय टर्कीका राष्ट्रपतिसँगको भेटले थप आलोचित बनेका थिए । टर्की मूलका ओजिलले टर्कीका राष्ट्रपति रिसेप इर्डोगनलाई भेटेपछि उनी विवादमा तानिएका थिए ।


जर्मनीका दलहरुले ओजिलले टर्कीको समर्थन गरेको आरोप लगाउँदै आएका थिए । रसिया विश्वकपबाट बाहिरिएपछि ओजिलको आलोचना भएको थियो ।सन् २००९ मा जर्मनीको टोलीमा डेब्यु गरेका ओजिलले राष्ट्रिय टोलीका लागि ९२ खेल खेल्दै २३ गोल गरिसकेका छन् । ओजिल सन् २०१४ को विश्वकप जित्दा जर्मनीका मुख्य खेलाडी रहेका थिए । पाँच पटक जर्मन प्लेयर अफ दि इयर चुनिएका ओजिलले सन् २०१२ र २०१६ को युरोकप समेत खेलेका थिए ।

प्राप्त प्रतिकृयाहरू

To Top