विदेशबाट पुँजी ल्याउन नसके ब्याजदर घट्दैन: अर्थमन्त्री खतिवडा

अर्थ साउन ५ २०७५ ekhabarnepal
2069129602fm %281%29

 

सरकारको खर्च संरचनामा सुधार 
काठमाडौँ,साउन ४
 अर्थमन्त्री डा युवराज खतिवडाले विदेशबाट पुँजी भित्र्याउन नसक्दा सम्म बैंकको ब्याजदर घट्न नसक्ने बताएका छन्।

अर्थ मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा खतिवडाले भने, ‘३० खर्ब रुपैयाँको अर्थतन्त्र छ। त्यसको १५ प्रतिशत बचत हुने भनेको जम्मा चार/साढे चार खर्बको हाराहारीमा हो। त्यसमा १ सय ७२ अर्ब रुपैयाँ सरकारले नै लिन्छ। ब्याजदर जसरी बढिरहेको छ त्यसलाई नियन्त्रण गर्न हाम्रो पुँजी पर्याप्त हुँदैन। त्यसका लागि बाह्य पुँजी परिचालन गर्नुपर्छ।’

खतिबडाले नेपालमा खुलेका भारतीय संयुक्त लगानीका बैंकले भारतीय मुद्रामा ऋण ल्याई नेपालमा लगानी गर्न सक्ने बताए।

‘विगतमा पनि यता तरलता धेरै हुँदा उता पैसा लैजाने र उताबाट यता पैसा ल्याउने गरिएको थियो। हामीले बाहिर पैसा नलैजानुस्। पैसा बाहिर पार्किङ नगराउनुस् भनेका थियौँ,’ उनले भने, ‘उताबाट पैसा ल्याएर यहाँ लगानी गर्न समस्या हुँदैन। पहिलो चरणमा भारतीय संयुक्त लगानीका बैंकले भारतिय रुपैयाँमा लगानी ल्याउन सक्छन्।’

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाहरुले परिवर्त्य विदेशी मुद्राका अतिरिक्त भारतीय मुद्रामा समेत आफ्नो प्राथमिक पुँजीको २५ प्रतिशतसम्म ऋण लिन सक्ने व्यवस्था गरिने घोषणा गरेको थियो।

मैद्रिक नितीले गरेको व्यवस्था बिरुद्ध सर्वोच्च अदालत परेको रिटलाई खतिवडाले वित्तीय साक्षरताको ज्ञानको अभाव भएको बताए।

उनले भने, ‘डलरमा ६ खर्ब रुपैयाँ भन्दा बढि कर्जा लिईएको अर्थतन्त्र केहि भएन भारतिय मुद्रामा कर्जा ल्याउँदा कसरी अर्थतन्त्रमा समस्या हुन्छ।’

राष्ट्र बैंकले भारतिय मूद्रामा कर्जा लिन सकिने व्यवस्था खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको थियो। सर्वोच्चको संवैधानिक ईजलासले राष्ट्र बैंकको उक्त नीति कार्यान्वयन नगर्न आदेश दिएको छ।

स्वदेशी पुँजीले मात्रै एक अंकको ब्याजदर कायम राख्न नसकिने भन्दै खतिवडाले त्यसको उपयुक्त विकल्प बाह्य ऋण नै भएको बताए।

खतिवडाले देशका आर्थिक परिसूचक सकारात्कम बन्दै गईरहेको भन्दै निजी क्षेत्रलाई लागानि बढाउन आग्रह गरेका थिए।  उनले भने, ‘देशको आर्थिक विकासको लागि सरकारले एक तिहाई लगानी गर्ने हो। हामी एक तिहाई लगानी गर्ने सरकारको विषयमा चर्चा गर्छौ तर दुई तिहाई लगानी गर्ने निजी क्षेत्रको बारेमा छलफल गर्दै। हामी ८ प्रतिशतको आर्थिक बृद्धिको लक्ष्य निजी क्षेत्रको पनि लगानी बढ्छ भन्ने आधारमा तय गरेका हों। ‘

उनले बजेटमा आफुले रोक्ने कोसिस गर्दा गर्दै पनि अध्ययन नगरिएका आयोजना समेटिएको बताए। उनले भने, ‘मलै रोक्ने कोसिस गर्दा गर्दै त यस्तो भएको कोसिस नै नगरेको भए के हुन्थ्यो होला।’

आगामी वर्ष आर्थिक वर्षको अन्त्यमा हुने खर्चलाई निरुत्साहित गर्न सरकार लागिपरेको भन्दै  बिगतका गल्ती नदोहरिने खतिवडाले दाबी गरे।

कार्यक्रममा अर्थ सचिव राजन खनाल र राजस्व सचिव शिशिर ढुगांनाले गत वर्षको बजेट खर्च र राजस्व संकलनको अवस्थाबारे जानकारी दिएका थिए.

सरकारको खर्च संरचनामा सुधार 
 गत आर्थिक वर्षको सरकारी खर्च संरचनामा सुधार आएको छ । अर्थ मन्त्रालयका अनुसार हालसम्म प्राप्त वित्तीय प्रतिवेदनका आधारमा १० खर्ब ७३ अर्ब रुपैयाँ सरकारी खर्च भएको हो । यो १२ खर्ब ७८ अर्ब ९९ करोड रुपैयाँ विनियोजनको ८३ दशमलव ९ प्रतिशत हो ।

मन्त्रालयका अनुसार प्रत्यक्ष भुक्तानीतर्फको १ खर्ब १४ अर्बमध्ये अनुमान गरिएको ४० अर्ब रुपैयाँ जोड्दा सरकारी ढुकुटीबाट ११ खर्ब १३ अर्ब रुपैयाँ बराबरको खर्च भएको हो । यो कूल विनियोजनको ८७ प्रतिशत हो । मन्त्रालयका अनुसार यो सरकारी खर्च पछिल्लो ४ आर्थिक वर्षको उच्च खर्च अनुपात हो ।

अर्थ सचिव डा. राजन खनालका अनुसार गत आर्थिक वर्षमा चालूतर्फ ६ खर्ब ९७ अर्ब, पुँजीगततर्फ २ खर्ब ६७ अर्ब तथा वित्तीय व्यवस्थातर्फ १ खर्ब ९ अर्ब रुपैयाँ खर्च भएको छ । यो खर्च विनियोजनको क्रमशः ८६.६५, ७९.७ र ७८.२ प्रतिशत हो । उनका अनुसार यसमा प्रत्यक्ष भुक्तानीतर्फको अनुमानित खर्च ४० अर्ब रुपैयाँ जोड्दा खर्च क्रमशः ८९, ८६ र ७८ प्रतिशत हुन आउँछ । उनका अनुसार प्रत्यक्ष तर्फको प्रतिवेदन आउन बाँकी छ ।


प्रत्यक्षतर्फ अनुमान गरिएको ४० अर्ब रुपैयाँमा चालू र पुँजीगततर्फ २०–२० अर्ब रुपैयाँ खर्च भएको अर्थ मनत्रालयको अनुमान रहेको अर्थसचिव डा. खनालले बताए ।

अर्थसचिव खनालका अनुसार गत आवमा अघिल्लो वर्षहरुका तुलनामा पुँजीगत खर्चमा अपेक्षा गरिएकोभन्दा बढी सुधार आएको छ । उनले भने, “चालूगत खर्चमा केही सुधार आएको तथा अवस्थामा पुँजीगत खर्चमा पनि उल्लेख्य सुधार आएको देखिन्छ ।”
उनका अनुसार चालू आर्थिक वर्षको बजेट वक्तव्यमा गरिएको भन्दा केही बढी खर्च भएको हो ।

अर्थसचिब खनालका अनुसार चालू खर्च वृद्धिका कारण यसप्रकार रहेका छन् ।

प्रदेश स्थानीय तहलाई प्रदान गरिने वित्तीय हस्तान्तरणमा अनुदानतर्फको विनियोजत रकम २ खर्ब ३१ अर्ब रुपैया सबै हस्तान्तरण भएको छ । यो रकममा पुँजीगत कम्पोनेन्ट पनि हुन्छन् । तर, यो चालूतर्फ जोडिन्छ । यसरी हस्तान्तरण हुने रकममा आधाभन्दा बढी पुँजीगततर्फ नै खर्च हुन्छ । सरकारी वित्त प्रणालीले यसलाई चालूतर्फ राख्दछ ।

भुकम्पबाट क्षति भएको निजी आवास निर्माणमा विनियोजित ६३ अर्ब अपुग भइ थप ३४ अर्ब रुपैयाँ थप विनियोजन गरिएको छ । यो पुँजीगत खर्च हुनेभएपनि चालूतर्फ जोडिन्छ ।

यसैगरी दक्षिण एसियाली खेलकुद प्रतियोगिता तयारीका लागि पूर्वाधार निर्माणमा थपिएको २१ करोड रुपैयाँ चालू खर्चमा जोडियो ।

सामाजिक सुरक्षातर्फ थप भएको ४ अर्ब रुपैयाँ विनियोजनले चालू खर्च वृद्धिमा सघाउ पुर्यायो ।

अर्थसचिव खनालका अनुसार पुँजीगत खर्च वृद्धिका कारण यसप्रकार रहेका छन् ।

ठूला पुर्वाधार आयोजनामा खर्च गर्नसक्ने र प्रगति, माग तथा सिर्जना हुनसक्ने दायित्वका आधारमा विनियोजन गर्ने प्रतिवद्धता जनाइएको छ । यी खर्चको कारण अनुमान गरेकोभन्दा बढी हुन गएको हो । यी आयोजनाका लागि कूल ६४ अर्ब थप निकासा गरिएको छ ।

निम्न आयोजनामा उल्लेखित थप रकम निकाशा गर्ने प्रतिवद्धता जनाइएको हो ।

मध्यपहाडी लोकमार्ग – ५ अर्ब ७५ करोड थप

मदन भण्डारी राजमार्ग – ५ अर्ब २५ करोड रुपैयाँ थप

हुलाकी राजमार्ग – ४ अर्ब ९९ करोड थप

व्यापारी मार्ग – १ अर्ब ७० करोड थप

बबई सिंचाई – १ अर्ब ७ करोड थप

भरी डाइभर्सन – ३ अर्ब ९६ करोड थप

बढी गण्डकी जलविद्युत् आयोजनाको मुआब्जा फरफारक – १० अर्ब 

विगतमा हामीले भुक्तानी गर्नुपर्ने तथा दायित्वको रुपमा सिर्जना भएकोमा त्यसको लागि स्रोतान्तर गरी भुक्तानी गरिएको छ । यस्ता भुक्तानीमा सम्बन्धित मन्त्रालयले भुक्तानी गर्न नसकेको तर अर्को निकायले गर्न नसकेको शर्षकबाट कटाएर भुक्तानी गरिएको छ ।

यस्तो भुक्तानीमा सडकतर्फ १२ अर्ब, पूलतर्फ ७ अर्ब, खानेपानीतर्फ ३ अर्ब सिंचाईतर्फ ४ अर्ब, स्वास्थ्य संस्था भवन निर्माणतर्फ ४ अर्ब थप भुक्तानी भएको छ । 

त्यसैगरी निर्माणाधिन प्राथमिकतामा रहेका आयोजनालाई गति दिन स्रोतको अभाव हुन नदिएको कारण समग्रमा पुँजीगत खर्च राम्रो भएको छ । यसका केही आधार छन् । 

    – भोलिको दायित्व अहिले नै भुक्तानी गरिदिएको

    – विगतका दायित्व अहिले नै फरफारक गरिदिएको

    – ठूला पुर्वाधारमा थप निकासा गरिएको

प्राप्त प्रतिकृयाहरू

To Top