'बुटवल कोरा २०१८ साइक्लिङ्ग'च्यालेन्ज पर्सी शनिबार हुदैछ

खेल साउन ३ २०७५ ekhabarnepal
Khel49084847437345042 2028997270483844 8146653091849043968 n

बुटवल । 
बुटवलमा पर्सी बुटवल कोरा २०१८ साइक्लिङ्ग च्यालेन्ज हुने भएको छ ।नेपालको पहिचान विश्वसामु चिनाउने अभियान थालेका स्वर्गीय नारायण गोपाल मर्हजनको स्मृतिमा पर्सी बिहान बुटवलमा साइक्लिङ्ग च्यालेन्ज हुन लागेको हो ।
रुपन्देही साइक्लिङ्ग संघ र साइकिल सिटी बुटवलको आयोजनामा हुने साइक्लिङ्ग च्यालेन्जमा २ सय साइकलयात्रीहरु सहभागिता रहने आज  बुटवलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो  ।
साइकिल सिटीका संस्थापक अध्यक्ष तथा कार्यक्रम संयोजक पुकार थापाले आम नागरिकसम्म स्वस्थ्य र साइक्लिङ्गको महत्व बुझाउने रुपमा कार्यक्रम गर्न लागेको बताउनुभयो ।


तामाङ्ग भाषामा कोराको अर्थ पवित्र मनदेखि सहयोग जुटाउन गरिने यात्रालाई बुझाउने भन्दै उनले स्वर्गीय महर्जनको सहयोग जुटाउने अभियान थालेको साइकिल सिटी बुटवलका अध्यक्ष धिरेन तुलाधरले बताउनुभयो  ।
बुटवलको ट्राफिक चोकबाट शुरु हुने साइक्लिङ्ग तिलोत्तमा नगरपालिका घुम्दै बुटवलको ऐतिहासिक जितगढी किल्लामा पुगेर समापन गरिने छ ।

प्राप्त प्रतिकृयाहरू

To Top