सात वर्षको अन्तराल पछि 'पर्यटन लक्ष्य' पूरा हुने संकेत 

अर्थ साउन २ २०७५ ekhabarnepal
Hhh1471914045tourist

काठमाडौं २, साउन

 नेपालले सन् २०११ को पर्यटन वर्षमा राखेको १० लाख पर्यटक भित्र्याउने लक्ष्य ७ वर्षपछि पूरा हुने देखिएको छ । सन् २०१८ को पहिलो ६ महिनाको पर्यटन आगमन दर पछिल्लो ६ महिनामा पनि कायम रहे ७ वर्ष अगाडि राखेको लक्ष्य बल्ल पूरा हुने छ ।  २०१८ को पछिल्लो ६ महिनामा ५ लाखभन्दा धेरै वाह्य पर्यटकले नेपाल भ्रमण गरेका छन् । अध्यागमन विभागका अनुसार जनवरी देखि जुनसम्म ५ लाख २० हजार १४ जना वाह्य पर्यटकले नेपाल भ्रमण गरेका छन् । २०१७ को पहिलो ६ महिनामा ४ लाख ६० हजार २ सय पर्यटक नेपाल भित्रिएका थिए । 

२०१८ को जनवरीदेखि ६ महिनासम्म नेपाल भ्रमणमा आउने पर्यटक मध्ये सबैभन्दा बढी पर्यटक भारतबाट आएका छन् । ६ महिनामा ९६ हजार ३ सय भारतीय पर्यटक नेपाल आएका छन् ।सन् २०१७ मा सवैभन्दा धेरै ९ लाख ४० हजार विदेशी पर्यटक  नेपाल भ्रमणमा आएका थिए । सन् २०१८ को पहिलो ६ महिनाको आगमन दर नै पछिल्लो ६ महिनामा पनि कायम रहे यसवर्ष  साढे ११ लाख ५० पर्यटक नेपाल आउने छन् । 

सरकारले सन् २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । 

प्राप्त प्रतिकृयाहरू

To Top