चार वर्षपछि हुने विश्वकप फुटबलमा नेपाली सुरक्षाकर्मी लैजान खोज्दैछ कतार ! 

खेल साउन २ २०७५ ekhabarnepal
Eeeg37267201 1763392683736853 2542748272775135232 n

काठमाडौं २, साउन
 चार वर्षपछि कतारमा हुने विश्वकप फुटबल प्रतियोगिताको सुरक्षाका लागि नेपाली सुरक्षाकर्मी परिचालन गर्न कतार सरकार तयार भएको छ ।

सोमवार गृहमन्त्री रामबहादुर थापासँगको भेटमा नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मदले सुरक्षा गार्डका रुपमा धेरै सङ्ख्यामा नेपाली लैजान कतार इच्छुक भएको बताउनुभएको हो ।

राजदुत युसुफले नेपाल सुरक्षाकर्मी विश्वकपको प्रयोजनका लागि कतार लैजान कुनै प्रकारको सम्झैता गर्नुपरे पनि त्यसका लागि कतार तयार रहेको बताउनुभएको हो । भेटमा गृहमन्त्री थापाले कतारमा रहेका नेपाली कामदारको सेवा, सुविधा तथा सुरक्षाका विषयमा राजदूतसँग छलफल गर्नुभएको थियो  । कतारमा हाल पाँच लाख बढी नेपाली रोजगारीको शिलशिलामा पुगेका छन् । 
 

प्राप्त प्रतिकृयाहरू

To Top