आजदेखी इन्टरनेट सेवाशुल्कमा वृद्धि :१३ प्रतिशत सेवा अनि शूल्क पनि 

अर्थ साउन १ २०७५ ekhabarnepal
Mmmmhouston seo internet marketing

काठमाडौं १, साउन 
 साउन १ गतेदेखी सरकारले देशभर इन्टरनेट सेवाशुल्क वृद्धि गरेको छ । नेपालमा रहेका इन्टरनेट सेवाप्रदायक कम्पनीले पनि एक हप्ता अगावै सूचना जारी गर्दै टेलिफोन र इन्टरनेट शुल्क वृद्धि हुने जानकारी दिएका छन् ।आजमङ्गलबारबाट इन्टरनेट प्रयोगमा सेवा शुल्क १३ प्रतिशत थपिएको छ भने टेलिफोनमा लिइँदै आएको ११ प्रतिशत दूरसञ्चार शुल्कलाई १३ प्रतिशत पु¥याएको छ ।

एनसेल, नेपाल टेलिकम, सुबिसु, वल्र्डलिङ्क, मर्कन्टायललगायत विभिन्न सेवाप्रदायक कम्पनीले पनि आजैबाट सेवाशुल्क बढाइका छन् ।बजेटमा व्यवस्था भएअनुसार साउनबाट टेलिफोनको शुल्क कम्तीमा दुई प्रतिशतभन्दा बढी बढेको छ । सरकारले टेलिफोन सेवा प्रदायकका हकमा मात्र लगाउँदै आएको यो दस्तुर इन्टरनेट सेवामा पनि विस्तार गरेको छ । सरकारले फोन तथा इन्टरनेट सेवामा १३ प्रतिशत वृद्धि गरे पनि प्राधिकरणका वरिष्ठ निर्देशक पुरुषोत्तम खनालले कम्तीमा १४ प्रतिशत मूल्य वृद्धि हुने बताउँछन् ।

यो दस्तुर इन्टरनेट सेवा र मोबाइल डाटा प्याकमा समेत लागू हुँदा भ्वाइस र इन्टरनेट दुवै सेवामा शुल्क बढिसकेको छ । भ्वाइस कलमा मात्र लगाउँदै आएको सेवा शुल्क अबदेखि मोबाइल डाटा प्याकमा समेत लाग्ने सेवाप्रदायक कम्पनीको भनाइ छ । सुबिसुले आजदेखि सेवा शुल्कबापत १३ प्रतिशत मूल्य अभिवृद्धि कर र १३ प्रतिशत सेवा शुल्क वृद्धिगरिसकेको छ । सरकारले इन्टरनेट शुल्क बढाएपछि पहिले भ्याटसहित १ हजार १ सय ३० बुझाउनेले अब १ हजार २ सय ८० रुपैयाँ बुझाउनु पर्ने बताए । त्यस्तै भायोनेटले पनि शुल्क बढाइसकेको जनाएको छ । कम्पनीको १२ एमबीपीएस गतिको इन्टरनेटलाई प्रति महिना १४ सय तिर्नु पर्नेमा अब १३ प्रतिशत शुल्क बढेपछि कम्पनीले तीन सय रुपैयाँ बढाई हाल १७ सय ८८ रुपयाँ लिने जानकारी दिएको छ । मुलुकको ब्रोडब्यान्ड नीतिले प्रत्येक नागरिकलाई सस्तो र गुणस्तरीय इन्टरनेट सेवा प्रदान गर्ने भने पनि सरकारले इन्टरनेटको शुल्क वृद्धि गर्दै लगेको छ ।

इन्टरनेट प्रयोगमा नेपाल शुरूआती चरणमा रहेकाले सरकारले इन्टरनेटकोे मूल्य बढाउनु भनेको उपभोक्तालाई आर्थिक भार पार्नु राम्रो उपभोक्ताहरुको गुनासो रहेको छ । सरकारी स्वामित्वको नेपाल टेलिकमले पनि आइतवार विज्ञप्ति जारी गर्दै सरकारले आगामी आर्थिक वर्षको बजेटमा गरेको व्यवस्थाअनुसार कतिपय प्याक तथा सेवामा मूल्य समायोजन गरिएको बताएको छ ।नेपाल टेलिकमले दिएको सेवाहरुमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, एसएमएस प्याकेज, मिस्ड कल एलर्ट, एफटीटीएचलगायत विभिन्न प्याकेजको मूल्य बढाएको छ। त्यसैगरी एनसेलले पनि आफ्ना सेवाहरूमा मूल्य बढाइसेको जनाएको छ । एनसेलले साउन १ गतेदेखि भ्वाइस कल र डेटामा सरकारले तोकेअनुसार १३ प्रतिशत सेवाशुल्क लागू गरिसकेको छ । कम्पनीले सेवाग्राहीलाई १२ दिनअघिदेखि सेवा शूल्क वृद्धिसम्बन्धी जानकारी सहितको एसएमएस पठाइसकेको थियो ।

प्राप्त प्रतिकृयाहरू

To Top