फ्रान्स २० वर्षपछि बन्यो दोस्रो पटक विश्वविजेता

खेल असार ३२ २०७५ ekhabarnepal
France won the worldcup2018

 

मस्को-.असार ३१


पहिलो पटक विश्वकपको फाइनलमा पुगेको क्रोएशियालार्इ ४-२ गोलअन्तरले स्तब्ध पार्दै फ्रान्स दोस्रो पटक विश्वविजेता बनेको छ।

यसअघि फ्रान्सले १९९८ मा विश्वकपकको उपाधि उचालेको थियो।
 
दुर्इ वा दुर्इ चोटी भन्दा बढी पटक विश्वकप जित्ने फ्रान्स छैटौं राष्ट्र बनेको छ। यसअघि फ्रान्सले १९९८ मा पहिलो चोटी विश्वकप जितेको थियो। विश्वकप ब्राजिलले सबैभन्दा बढी ५ पटक, जर्मनी र इटालीले  ४-४ पटक र अर्जेन्टिना र उरुग्वेले २-२ पटक जितेका छन्
मस्कोको लुजनिकी स्टेडियममा आइतबार राति भएको भएको फाइनलमा रुसलार्इ च्याम्पियन बनाउन एन्टिनियो ग्रिजम्यान, केलियन एम्बाम्पे र पाउल पोग्बाले १-१ गोल गरे।

यस्तै फ्रान्सले एक गोल आत्मघाती उपहार पाएको थियो। क्रोएशियाका इभान पेरिसिक र मारियो मान्डजुकिकले एक एक गोल फर्काएका थिए।

योसँगै विजेता फ्रान्सले विश्वकप उपाधिसँगै २९ मिलियन पाउन्ड पाएको छ भने उपविजेता क्रोएशियाले २१ मिलियन पाउन्डमा चित्त बुझाएको छ।

पहिलो हाफमा क्रोएशियाले २-१ को अग्रता लिएको थियो। फ्रान्सका लागि एन्टिनियो ग्रिजम्यानले पेनाल्टी मार्फत एक गोल गरेका हुन् भने एक गोल अात्मघाती उपहार पाएको हो। क्रोएशियाका इभान पेरिसिकले एक गोल गरेका छन्।

खेलको १८ औं मिनेटमा एन्टिनियो ग्रिजम्यानले डी बक्स बाहिरबाट प्रहार गरेको फ्रिकिक क्रोएशियाका मारियो मान्डजुकिकको टाउकोमा लाग्दै बलले जाली चुमेपछि अात्मघाती गोलबाट फ्रान्सले सुरुवाती अग्रता लिएको थियो। जुन विश्वकप फाइनलकाे इतिहासमा भएको पहिलो अात्मघाती गोल समेत हो।

इभान पेरिसिकले २८ अौं मिनेटमा क्रोएशियाका लागि बराबरी गोल फर्काएका थिए। १६ यार्ड बाट उनले प्रहार गरेको सटले जाली चुमेको थियो। ३६ अौं मिनेटमा एन्टिनियो ग्रिजम्यानले पेनाल्टी मार्फत फ्रान्सलार्इ २-१ को अग्रता दिलाएका हुन्। इभान पेरिसिको हातमा बल लागेपछि भिडियो एसिस्टेन्ट रेफ्रीको सहायतामा फ्रान्सले पेनाल्टी पाएको थियो।

प्राप्त प्रतिकृयाहरू

To Top