सुनवलमा बस अनियन्त्रित भई पल्टिदा गुल्मिका लम्सालको मृत्यु, १८ घाइते 

समाज असार २८ २०७५ ekhabarnepal
Download4525876

बुटवल २८, असार
नवलपरासीको सुनवलमा आज बिहान ना ६ ख ९४३८ नम्वरको बस अनियन्त्रित भई पल्टिदा एक जनाको मृत्यु भएको छ भने १८ यात्रु घाइते भएका छन ।
नारायणघाटबाट नेपालगञ्ज तर्फ जादै गरेको बस आज बिहान ७ बजे नवलपरासीको सुनवल नगरपालिकाको वडा नम्वर १२ बिनयटोलमा अनियन्त्रित भई पल्टिदा गुल्मिको मालिका गाउपालिका वडा नम्वर १ का ३७ बर्षिय गणेश लम्सालको मृत्यु भएको पश्चिम क्षेत्रीय टाफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । बस पल्टिदा गम्भिर घाइते भएका लम्सालको परासी स्थित अस्पतालमा उपचारका क्रममा बिहान साढे ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका थप एक जनाको अवस्था गम्भिर रहेको छ ।
घाइते एक जनाको बुटवलको जेनस हस्पिटलमा,  ९ जनाको मेडिकल कलेजमा र अन्यको स्थानीय अस्पतालमा उपचार भईरहेको छ ।
यस्तै
आज बिहान बुटवलबाट पोखरा जादै गरेको लु १ ख ७२७२ नम्वरको बस पाल्पाको भालेवासमा पल्टिदा चालक सहित २६ यात्रु घाइते भएका छन ।
विहान पौने सात बजे बिपरित दिसाबाट आउदै गरेको लु १ ख ८१२७ नम्वरको बससंग ठोक्किएर सो बस सडकबाट १५ मिटर तल खोल्सामा पुग्दा चालक सहित २६ यात्रु घाइते  भएको प्रहरीले जनाएको छ । घाइतेहरुको प्रवास मेडिकल कलेज र मिसन अस्पतालमा उपचार भइरहेको  छ ।

प्राप्त प्रतिकृयाहरू

To Top