तपाईंको आजको राशिफल/वि.सं. २०७५ साल असार २७ गते, बुधबार।

धार्मिक असार २७ २०७५ ekhabarnepal
256468922ghfghfdyt

वि.सं. २०७५ साल असार २७ गते। बुधबार। इश्वी सन् २०१८ जुलाई ११ तारिख। नेपाल संवत् ११३८ तछलागा। आषाढ कृष्णपक्ष। तिथि– त्रयोदशी, 

मेष - (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 
प्रयत्न गर्दा चुनौती चिर्दै काम बनाउन सकिनेछ।आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्ने हुन सक्छ। अध्ययनमा त्यति समय दिन नसकिए पनि अभिव्यक्ति तथा लेखनकलामा निखारता आउनेछ।  मध्याह्नदेखि प्रतिस्पर्धीहरूले अलि दु:ख देलान्। काममा सहयोगको आशा देखाउनेहरूबाट धोका पाइने सम्भावना देखिन्छ। 

बृष -( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
रचनात्मक काम बन्नुका साथै मनग्गे धन आर्जन हुनेछ।खानपानको सोखले रमाइलो जमघटको आनन्द समेत प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्।  पहिलेको सफलताले हौसला जगाउनेछ। दिउँसोदेखि परिस्थितिवश आँटेको काम रोकिन सक्छ। हल्लाको पछि लाग्दा दु:ख पाइनेछ। प्रतीक्षित नतिजा उत्साहप्रद नहुन सक्छ। 

मिथुन -(का, कि, कु, घ, ङ, छ, के, को, ह )
प्रतीक्षित नतिजाले हौसला जगाउनेछ। पारिवारिक जमघटले आनन्दित भइनेछ। व्यवसायमा लागत बढ्नेछ भने अनियन्त्रित खर्चले मन पिरोलिन सक्छ। पछिको फाइदाका लागि केही त्याग पनि गर्नुपर्ला। मध्याह्नदेखि स्थितिमा सुधार आउनाले विभिन्न अवसर प्राप्त हुनेछन्। तर, विवादास्पद जिम्मेवारी सम्हाल्नुपर्ला । नयाँ काम थाल्न केही समय प्रतीक्षा गर्नुपर्नेछ। 

कर्कट -( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
दिगो फाइदा हुने काम सुरु गर्न सकिनेछ।आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन हुनाले आय बढ्नुका साथै उठ्नुपर्ने रकम हातलागी हुनेछ।  मध्याह्नदेखि आम्दानीमा बाधा हुनेछ भने सञ्चित रकम खर्चनुपर्ने आवश्यकता पर्न सक्छ। लगनशील बन्दा नियमित काम सम्पादन हुनेछ। आफन्तबाट टाढिनुपर्ने हुन सक्छ।

सिंह - (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 
विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। भेटघाटले उत्साह जगाउनेछ। पुरुषार्थी काम प्रारम्भ हुनेछ। दिगो काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। मध्याह्नदेखि विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। नयाँ काम प्रारम्भ हुनेछ भने मनग्गे आम्दानी बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ।

कन्या - (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) 
आफ्ना कमजोरीको फाइदा अरूले उठाउने चेष्टा गर्लान्।अरूका लागि बुद्धि खर्चनुपर्ने देखिन्छ। तत्काल ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला।  मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। मध्याह्नदेखि अरूका काममा समय खर्चनुपर्दा आफ्ना काम रोकिन सक्छन्। उत्तरदायित्व प्राप्त भए पनि जिम्मेवारी पूरा गर्नमा बाधा हुनेछ। 

तुला - (र, रि, रु, रे, रो, ता, ति, तु, ते) 
काम बिग्रने भयले सताउनेछ भने उपलब्धि प्राप्त गर्न शुभचिन्तकहरूको सहयोग लिनु उचित हुनेछ। परिस्थितिले अप्ठ्यारा चुनौतीहरू निम्त्याए पनि दिउँसोदेखि स्थितिमा सुधार आउनेछ। काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ। आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। 

बृश्चिक - (तो, ना, नि, नु, ने, नो, या, यि, यु )
मनोरञ्जनमा अलमलिँदा लक्ष्यमा बाधा पुग्नेछ। परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउनेछ। रमाइलो क्षणमा पनि मन ढुक्क नहुन सक्छ। विशेष निम्तो प्राप्त हुनाले आतिथ्य खर्चिलो बन्नेछ। दिउँसोदेखि व्यावहारिक समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ। आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला।

धनु - (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )
प्रेम र मित्रताको बन्धन कसिलो हुने समय छ।भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ। नयाँ काममा प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। मध्याह्नदेखि प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। साथीभाइको सहयोगले आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। 

मकर - (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) 
कामकाे चाप बढे पनि लगनशीलताले लक्ष्यमा पुर्याउनेछ।व्याहारिक समस्याका बीच याेजना अघि बढाउने बाटो खुल्नेछ।  दिउँसोदेखि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। विभिन्न अवसर प्राप्त भए पनि हल्लाको पछि लाग्दा दु:ख पाइनेछ। गोपनीयता बाहिरिनाले पनि समस्या पर्ला। तर चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्यसम्बन्धी चिन्ताले सताउन सक्छ। 

कुम्भ - (गु, गे, गो, सा, सि, सु, से, सो, द )
बेसुरमा बोल्ने बानीले दु:ख पाइनेछ।हतारको निर्णयले अप्ठ्यारो पर्नेछ। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ।  मध्याह्नदेखि अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीहरूसँग जुध्नुपर्नेछ। प्रगतिमा ईर्ष्या गर्नेहरूले दु:ख दिनेछन्। मिहिनेत गर्दा सामान्य फाइदा हुनेछ तर आफन्तको भरपर्दा धोका हुन सक्छ। अध्ययनमा समय दिन नसकिएला।

मीन -( दि, दु, थ, झ, ञ, दे, दो, च, चि) 
पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्।छोटो समयमा उपलब्धि हातलागी हुनेछ। स्रोत-साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ। दिउँसोदेखि पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ।  ईर्ष्यालु मन भएकाहरूले सताउनेछन्। आफन्त र साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला।
 

प्राप्त प्रतिकृयाहरू

To Top