नेकपाको बैठक जारी, नियमावलीको टुंगो आजै लाग्ने

राजनीति असार २७ २०७५ ekhabarnepal
Ncp

 

 काठमाडाै‌ असार २७


नेकपाको केन्द्रीय सचिवालय वैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।

बैठकमा पार्टीको नियमावली परिमार्जनका लागि गठित कार्यदलले तयार पारेको प्रतिवेदनमाथि छलफल हुने नेकपाका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) का प्रेस संयोजक बिष्णु सापकोटाले जानकारी दिए।

बैठकमा पार्टी जनवर्गीय संगठनको एकीकरण प्रक्रियाको बारेमा पनि छलफल हुनेछ।

नेकपाको मंगलबार बिहान बसेको बैठकमा पनि पार्टीको नियमावली परिमार्जनका लागि गठित कार्यदलले तयार पारेको प्रदेतिवेदनमाथि छलफल भएको थियो ।

नियमावली परिमार्जन गर्न केही दिनअघि नेकपाले नेताहरु बामदेव गौतम, रामबहादुर थापा र विष्णु पौडेल रहेको तीन सदस्यीय कार्यदल गठन गरेको थियो।

कार्यदलको मंगलबार बसेको बैठकमा सुझाब सहितको प्रतिवेदन प्रस्तुत भएको थियो। प्रतिवेदनमा धेरै विवाद नभएकाले आजै पारित हुने संभवना रहेको नेताहरुले बताएका छन्।

‘बैठकले नियमावलीलाई टुंगो लगाए आजै त्यसलाई प्रकाशनार्थ पठाउने संभावना छ,’ सापकोटाले भने, ‘नियमावलीको टुंगो लागे नेकपाको संगठनको ढाचा टुंगो लाग्नेछ।’

हाल नेकपमा पार्टीको नाम, मार्गदर्शक सिद्धान्त, अध्यक्ष, केन्द्रीय सचिवालय, बरिष्ठ नेता, महासचिव, केन्द्रीय समिति, स्थायी समिति र चुनाव चिन्हको टुंगो लागेको छ। तर जनवर्गीय संगठन र तल्लो तहका समितिको टुंगो अझै लागको छैन।

प्राप्त प्रतिकृयाहरू

To Top