प्रदेश सभाको बैठक शुरु: दुइवटा विद्येयक टेवल गर्दै मन्त्री के.सी

राजनीति असार २५ २०७५ ekhabarnepal
Btl 1586rfe

बुटवल असार २५ ,
पाच नम्वर प्रदेशको प्रदेश सभा बैठक  बस्दैछ । संसद सचिवालय बुटवलमा आज दिउसो १ बजेका लागि बैठक बोलाइएको छ ।

आजको बैठकमा जरुरी सार्वजनिक महत्वका विषयमा यस अघिको संसद बैठकमा भोज प्रसाद श्रेष्ठ, तिलकराम शर्मा र डिल्ली वहादुर चौधरीले उठाएका प्रश्नको सम्वन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ ।आजको बैठकको शुन्य समयमा प्रदेश सभा सदस्यहरुले धारण राख्ने छन् ।त्यस्तै आन्तरिक मामिला तथा कानून मन्त्री कुल प्रसाद के.सी.ले दुइवटा विद्येयक टेवल गर्नुहुनेछ । मुख्य न्यायधीवत्ताको काम, कर्तव्य र अधिकार तथा सेवा सर्त सम्वन्धमा व्यवस्था गर्न बनेको विद्येयक र प्रदेश लोक सेवा आयोगको काम, कर्तव्य र अधिकार तथा सेवा सर्त सम्वन्धमा व्यवस्था गर्न बनेको विद्येयक पेश गर्ने कार्यसूची रहेको प्रदेससभा सचिव मानवहादुर विकले जनाकारी दिनुभयो ।

प्राप्त प्रतिकृयाहरू

To Top