रुपन्देही प्रेस युनियनको आपत्ति : विज्ञपती सहित

समाज असार २४ २०७५ ekhabarnepal
33698634536723616 10216846032572482 8285591963864924160 nxcsadqer

बुटवल असार २४, 
नेपाल प्रेस युनियन रुपन्देहीले पत्रकार रामबिकास चौधरीलाई समरीमाई गाउपालिकाका अध्यक्ष जीतेन्द्रनाथ शुक्लाले ज्यान मार्ने धम्कि दिएको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
युनियनका अध्यक्ष बिक्रम खडकाले आज एक बिज्ञप्ति प्रकाशित गरी गाउ पालिकाको सुचना लिखित रुपमा मागेर लिन जादा अध्यक्ष शुक्लाले गरेको व्यवहार र ज्यान मार्ने धम्कि दिनु अत्यन्त निन्दनीय भएको उल्लेख गर्नु भएको छ ।
समाचार लेखेको बिषयमा चित्त नबुझे त्यसको कानुनी उपचार गर्न सकिने उपाय हुदा हुदै गाउपालिकाका कर्मचारीहरुको उपस्थितिमा अध्यक्ष शुक्लले देखाएको हर्कत स्वतन्त्र प्रेस तथा सुचनाको हक माथिको गम्भिर उल्लघन भएको ठहर युनियनले गरेको छ ।पत्रकार चौधरीको जीउधनको सुरक्षा र घटनाको छानबिन गरी दोषि माथि कडा कारवाहीको माग युनियनले गरेको छ ।

चौधरी युनियनका सदस्य तथा नेपाल पत्रकार महासंघका प्देश समितिका सदस्य हुनुहुन्छ ।

प्राप्त प्रतिकृयाहरू

To Top