यसकारण टुंगो लागेको छैन संसदीय समिति

राजनीति असार २४ २०७५  रासस 
Samsad 750x381gfjtu

काठमाडौँ  असार २४,

संघीय संसद गठन भएको यति लामो समय बितिसक्दा पनि नेपाली कांग्रेसका कारण संसदीय समिति गठन हुन सकेको छैन । सभामुख कृष्णबहादुर महराले सो पार्टीलाई पटक पटक समितिमा रहने सदस्यको नाम उपलब्ध गराउन सो पार्टीलाई आग्रह गरेपनि आफ्नो  दलले चारवटा सभापति पाउनु पर्ने अडानमा कांग्रेसले नाम उपलब्ध नगराएको स्रोतले बतायो । 

समितिमा दलगत संख्याका अनुपातमा सदस्य रहने ब्यबस्था छ । यसरी दलगत आधारमा सदस्य पठाउदा समितिमा कांग्रेसको उपस्थिति सानो हुने छ । कांग्रेसले सार्बजनिक लेखा समिति सहित चारसभापति आफ्नो दलले पाउने भए मात्र सदस्यको नाम पठाउने जिद्वि गर्दै आएको छ । 

सभामुखले भने पहिला समतिमा नाम पठाउन र त्यसपछि सहमति खोज्न आग्रह गर्दै आउनु भएको छ ।  संसदीय सुनुवाई समितिमा भने लगभग नाम प्राप्त भएको स्रोतले बतायो । तर सबै समितिको नाम प्राप्त भएपछि मात्र घोषणा गर्ने सभामुखको तयारी छ ।  

प्राप्त प्रतिकृयाहरू

To Top