पार्टीको विधान र नियमावलीको टुंगो लगाउदैछ नेकपा 

राजनीति असार २३ २०७५ ekhabarnepal
Ncp miting photo rqwerer

काठमाडौं २३, असार
 नेकपाको सचिवालयको बैठकले पार्टीको विधान र  नियमावलीको टुंगो लगाउने भएको छ । शनिबार बिहान देखि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सो पार्टीको सचिवालय बैठकले यसको टुंगो लगाउन लागेको हो  ।

गत बिहीबार बसेको सो  पार्टीको स्थायी समितिको बैठकमा  आएका सुझावहरुलाई  समेटेर विधान तथा नियमालीलाई अन्तिम रुप दिन  लागिएको हो। सो र्बैठकले आएको सुझावलाई समेटेर विधान तथा नियमावलीलाई अन्तिम  रुप दिन सचिवालयलाई जिम्मा दिएको थियो ।

सचिवालयको बैठकले तल्ला कमिटीहरुको एकता, जनवर्गीय सगठनको एकताको समेत मोडालिटी तयार गर्ने भएको छ।  
 

प्राप्त प्रतिकृयाहरू

To Top