मजदुर बोकेको ट्रिपर दुर्घटना: १५ जनाको मृत्यु

समाज असार २२ २०७५ ekhabarnepal
28167276 1067100876774733 1979478142973852213 ngdwtert

काठमाडौं २२, असार 
 मुस्ताङको स्याङबुचेमा सडक निर्माणमा कार्यरत मजदुर बोकेको बा २ क २२१९ नम्बरको ट्रिपर दुर्घटनामा १५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १० पुरुष र ५ महिला रहेको नेपाल प्रहरीका प्रवक्ता शैलेश थापाले जाकारी दिए ।

उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउपालिका–३, मा दुर्घटना भएको उनले बताए । ट्रिपर भीरबाट तल खसेको थियो । कालीगण्डकी करिडोरअन्तर्गत बनिरहेको सकड निर्माण गर्ने मजदुहरु खाना खाएर काममा फर्किदा ट्रिपर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा १० जना घाइते भएको मुस्ताङका डिएसपी महेन्द्र खड्काले जानकारी दिए । खड्काका अनुसार घटनास्थल मुस्ताङ सदरमुकामबाट ६ घण्टाको सवारी दुरीमा पर्छ । सो क्षेत्रमा नेटकर्वको समस्या रहेको भन्दै विस्तृत विवरण आइनसकेको उनको भनाई छ । घाइतेको उद्धारका लागि हेलिकप्टर पठाउने तयारी भइरहेको प्रहरी प्रवक्ता थापाले बताए ।  
 

प्राप्त प्रतिकृयाहरू

To Top