२० करोड लागतमा आरम्भ रिसोर्ट,  शिक्षण होटेलका रुपमा सञ्चालन

समाज असार २२ २०७५ ekhabarnepal
36640275 2209246805758727 3373194351373975552 n

 

बुटवल,असार २२  । 
 बुटवल उपमहानगरपालिका १३ ढबाहामा २० करोड लगानीमा शिक्षण होटेलका रुपमा आरम्भ रिसोर्ट सञ्चालनमा ल्याइएको छ । नेपालमै शिक्षण होटेलको रुपमा यो पहिलो अभ्यास रहेको सञ्चालकहरुले बताएका छन । आरम्भ ग्रुप अफ हस्पिटालिटी अन्तर्गत १ सय ४० जनाको संयुक्त लगानीमा पब्लिक कम्पनी अन्तर्गत आफ्नै स्वामित्वको करिब ४ बिघा क्षेत्रफलमा रिसोर्ट सञ्चालन गरिएको छ ।
  कम्पनीका अध्यक्ष बाबुराम महत क्षेत्रीका अनुसार यस कम्पनीले सुविधायुक्त रिसोर्टको स्थापना गरि पर्यटकीय सेवा प्रदान गर्ने तथा होटेल म्यानेजमेन्ट तथा ट्राभल एंव टुरिजम कलेजको स्थापना गर्ने छ । त्यस्तै हस्पिटालिटी इण्डष्ट्रीजसग सम्वन्धित अन्य इन्चिच्यूटहरु सञ्चालन गर्ने र सामाजिक तथा सेवामुलक कार्यक्रमहरु गर्ने उद्देश्य राखेको छ । 
पब्लिक कम्पनी अन्तर्गत सञ्चालनमा आएको आरम्भ रिसोर्ट रुपन्देहीकै पहिलो हो । जिल्लाकै ठूलो स्वीमिङ पूल, कन्फेरेन्स हल, पार्टी प्यालेससहित मास्टर किङ साइजका हाल ९ वटा वातानुकुलित बेडरुम रहेका रिसोर्टमा निकट भविष्यमा कलेज र ७० वेडको लजका लागि दुइवटा भवन वनाउने योजना रहेको अध्यक्ष महतले बताए । यसलाई स्तरोन्नति गर्दै तारे होटलमा रुपान्तरण गर्नुका साथै शिक्षण तर्फ थप संकायको विकास गर्ने उद्देश्य राखिएको छ, गु्पका अध्यक्ष बाबुराम महत क्षेत्रीले  भने ।
 सञ्चालक डिआर घिमिरेका अनुसार होटल म्यानेजमेन्टमा स्नातक तहको पढाई हुने प्रदेश न. ५ को पहिलो मेघा कलेजले दक्ष जनशक्ति उत्पादनमा जोड दिने नीति अपनाएको छ । रिसोर्टले सञ्चालनमा ल्याएको वेष्टर्न मेगा कलेजमा हाल  होटल ब्यवस्थापनमा स्नातक र एमवीए तहको अध्ययन भइरहेको छ ।
दुइ सय जनालाई रोजगार
कम्पनीमा हाल ४७ जनाले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा १ सय ५० जनाले रोजगारी पाएका छन् । रिसोर्ट पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल नयाँगाउँ ढबाहाबाट मुख्य सडक देखि करिब आधा किलोमिटरको दुरीमा  दक्षिणमा अवस्थित छ ।
 रिसोर्टको बिहीबार प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले उद्घाटन गर्दै मुलुकलाई सम्वृद्ध वनाउने तर्फ सबैको ध्यान केन्द्रीत हुनुपर्ने बताए । लुम्विनी वौद्ध विश्व विद्यालयका रजिष्टार तिलक आचार्यले शिक्षालाई सीपसग सीपलाई श्रम सग र श्रमलाई सम्वृद्धिसग जोडेर अगाडी बढेमा मुलुकलाई सम्वृद्ध वनाउन सकिने बताए । 
तयस्तै प्रदेश पाचका प्रदेस सदस्यहरु भोजप्रसाद श्रेष्ठले पर्यटन विकासमा ध्यान दिनुपर्ने धारणा राखे । गु्पका अध्यक्ष बाबुराम महत क्षेत्री,  सञ्चालक मेघराज पन्तलगायतले शिक्षा तथा पर्यटन क्षेत्रका बारेमा चर्चा गरेका थिए 

प्राप्त प्रतिकृयाहरू

To Top