राष्ट्रिय खेलकूद परिषद्को आयोजनामा  आजबाट तेस्रो प्रधानमन्त्री कप शुरु  

खेल असार २१ २०७५ ekhabarnepal
2104983802nepal sports council logo lwcthahf1gthrty

काठमाण्डौं २१,असार

राष्ट्रिय खेलकूद परिषद् (राखेप) को आयोजनामा तेस्रो प्रधानमन्त्री कप विश्वविद्यालय खेलकूद आजदेखि शुरु हुँदैछ । 

प्रतियोगितामा पुरुष/महिला भलिबल, ब्याडमिन्टन र टेबलटेनिस तथा बुद्धिचाल (खुला) गरी चार खेलमा प्रतिस्पर्धा हुने राखेपअन्तर्गत खेलकूद प्रतियोगिता तथा योजना विभागका प्रशासकीय अधिकृत शारङ्गीन निरौलाले जानकारी दिनुभयो । 

भलिबलमा दुई, ब्याडमिन्टन र टेबलटेनिसमा चार–चार तथा बुद्धिचालमा एक स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । अधिकृत निरौलाका अनुसार तीनदिने प्रतियोगितामा आठ विश्वविद्यालयबाट २५६ खेलाडी सहभागी हुनेछन् । 

भलिबल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहल, ब्याडमिन्टन र बुद्धिचाल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय तथा टेबलटेनिस लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ । प्रतियोगिता सञ्चालन गर्न रु करीब ३५ लाख खर्च हुनेछ । रासस  

प्राप्त प्रतिकृयाहरू

To Top