किसानलाई उपहार 'फलफूलका बिरुवाहरु'

समाज असार २१ २०७५ ekhabarnepal
823 1527757809plant reuueyi

दाङ २१, असार 
 तुलसीपुर उपमहानगरपालिका कृषि विकास शाखा कार्यालयले किसानलाई विभिन्न जातका फलफूलका नौ हजार बिरुवा निःशुल्क वितरण गरेको छ ।

ढुवानी अनुदान मात्र लिएर किसानलाई बिरुवा निःशुल्क वितरण गरेको हो । बीस हेक्टर जमीनमा कागती, आँप, अनार, लिची र कटहरका बिरुवा उत्पादन गरेर वितरण गरिएको शाखा प्रमुख तिलकबहादुर केसीले जानकारी दिनुभयो ।

कार्यालयले एक हजार ३०० बिरुवा आँप, अमरापाली जातका आँप तीन हजार ५००, अनार एक हजार १००, कागती चार हजार ५००, लिची एक हजार ८००, कटहर एक हजार र अम्बाका ४०० बिरुवा वितरण गरेको हो ।, चालू आर्थिक वर्षमा ५० प्रतिशत अनुदानमा कार्यालयले किसानलाई चार हजार केराका बिरुवा वितरण गरेको छ । रु ५० मूल्य पर्ने प्रतिबोट केरा रु २० मा वितरण गरेको कार्यालयले जनाएको छ ।

कार्यालयले २५ बोटभन्दा बढी केराका बिरुवा लगाउनेलाई निःशुल्क बिरुवा वितरण गर्ने कार्यक्रम रहेको जनाएको छ । एक सय हेक्टर जमीनमा फलफूल खेतीका लागि तुलसीपुर उपमहानगरपालिको फलफूल खेती कार्यक्रमअन्तर्गत २३ हजार २०० केराका बिरुवा वितरण गर्ने कार्यक्रम रहेको शाखाका प्रमुख केसीले बताउनुभयो । 

प्राप्त प्रतिकृयाहरू

To Top