डा.गोविन्द केसीको स्वास्थ्य अवस्थाबारे बुझ्न प्रतिपक्षी दल जुम्ला तर्फ जाँदै 

राजनीति असार २१ २०७५ ekhabarnepal
2587895

 काठमाण्डौं २१,असार 
जुम्लामा अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्थाबारे बुझ्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले एक प्रतिनिधिमण्डल आज जुम्ला जाँदै छ । काँग्रेस संसदीय दलको हिजोको बैठकको निर्णय अनुसार कांग्रेसका सांसदहरु सहितको टोली आज त्यस तर्फ जान लागेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

बैठकले प्रतिनिधिसभा सांसद प्रकाश स्नेहीको नेतृत्वमा समानुपातिक सांसद रंगमती शाही र प्रदेश ६ का सांसद दिनबन्धु श्रेष्ठलाई डा। केसीको अवस्था बुझ्न जुम्ला पठाउने निर्णय गरेको हो । टोलीले उहाँको माग पुरा गराउन र अनसनको अन्त्यका लागि सरकारलाई दवाव दिने र वार्ताको पहल पनि गर्ने काँग्रेसले जनाएको छ ।

वीर अस्पतालमा आमरण अनशनमा बसेकी अधिकारीको अवस्था बुझ्न अमरेशकुमार सिंहको नेतृत्वमा बनाइएको टोलीले भने हिजो नै उहाँलाई भेटेको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top