अविरल वर्षाका कारण पोखरा–बागलुङ सडक अवरुद्ध 

समाज असार २१ २०७५ ekhabarnepal
Baglung ma  pahiro 256449698

 पर्वत २१,असार 
गएरातिदेखि परेको अविरल वर्षाका कारण सडक माथिबाट आएको पहिरोले पोखरा–बागलुङ सडक अवरुद्ध बनेको छ । सडक खण्डअन्तर्गत पर्वतको मोदी गाउँपालिका–५, भ्याप्लेखोलामा सडक माथिबाट आएको पहिरोले पुरिँदा राति १ बजेदेखिनै सडक अवरुद्ध बनेको हो । 

सडक अवरुद्ध भएपछि धौलागिरिका चार जिल्लाका लागि मुलुकका विभिन्न ठाउँबाट आएका सवारीसाधन डिमुवामा रोकिएका छन् भने धौलागिरिबाट छुटेका बिहानी सेवाका छोटो तथा लामो दूरीका सवारीसाधन आम्वोटमा अलपत्र परेका छन् । 

सडक खुलाउनका लागि डोजर र एस्काभेटर बोलाएर परिचालन गर्ने तयारी भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्वतले जनाएको छ ।ट्राफिक प्रहरीका निमित्त प्रमुख काशीनाथ चौधरीका अनुसार डिमुवा प्रहरी चौकीबाट खटिएको प्रहरी टोली र डोजर लगाएर सडक खुलाउने प्रयास गरिएको भएपनि वर्षा नरोकिएकाले तत्काल खुल्ने सम्भावना नरहेको जानकारी दिनुभयो । रासस 

प्राप्त प्रतिकृयाहरू

To Top