प्रदेश नं ५ को बजेट र यसले लिएको कार्यदिशा

बिचार असार २१ २०७५ ekhabarnepal
Bal bhd acharya

बलबहादुर आचार्य
कुनै पनि सरकारको लक्ष्य त्यस सरकारको यात्राको गन्तव्य विन्दु हो । नीति तथा कार्यक्रमहरु सरकारका लक्ष्यसम्म पुग्ने क्रियाकलाप हुन भने बजेट नीति तथा कार्यक्रमलाई सफल बनाउने औजारहरु हुन । यतिबेला नेपालका विभिन्न सरकारहरुले आप्mना नीति कार्यक्रम तथा बजेटहरुका बारेमा छलफल गर्ने र पारित गर्ने अवस्थामा छन् ।  यसै सन्दर्भमा हाम्रो प्रदेश नं ५ को नीति कार्यक्रम र बजेट पनि प्रदेशको संसदवाट पारित भएको छ र अव यसलाई कसरी सफल रुपमा कार्यान्वयन गर्ने र जनताको आकांक्षाहरुलाई संवोधन गर्ने भन्ने विषय यतिबेला यस प्रदेशका मूख्य मंत्री, मत्री तथा सांसदहरुको चिन्तनको विषय भएको छ । हामीले यस प्रदेशले ०७५। ०७६ का लागि संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई सफल बनाउने औजारको रुपमा रहेको बजेट कस्तो छ र यस बजेटका उदेश्य, विशेषता , प्राथमिकता र कार्यदिशा कस्तो छ भन्ने बारेमा यहाँ केही चर्चा गर्न खोजिएको छ ।
यस प्रदेश आप्mनो लक्ष्यको रुपमा समृद्ध प्रदेश, खुसि जनता भन्ने नारा तय गरेकोछ । यसले यो नारा किन तय गर्यो भन्ने सम्वन्धमा विचार गर्दा यो प्रदेश नेपाल सरकारसंग अन्तरसम्वन्धित रहेका कारण संघले निर्धारण गरेको लक्ष्यलाई अघि बढाउनु यस प्रदेशको कर्तव्य समेत भएकोले उक्त लक्ष्यलाई प्रवद्र्धन गर्ने गरी यस प्रदेशले आफनो सरकारको लक्ष्य समृद्ध प्रदेश, खुसि जनता तय गरेको छ । तसर्थ सरकारले प्रदेशलाई समृद्ध बनाउदै जनतालाई खुसि बनाउने कार्ययोजना नै यस प्रदेशको मूल मार्गचित्र रहेको छ ।
यस प्रदेशले आफ्नो लक्ष्य प्राप्त गर्नका लागि संसदमा आफ्नो नीति तथा कार्यक्रम पारित गरी उक्त कार्यक्रमलाई सफल बनाउने गरी पारित गरेको बजेटको पृष्ठभूमिमा निम्न लिखित विषयलाई उठान गरेको छ ।
क) पृष्ठभूमि ः

  •     नेपालले यतिबेला युगान्तकारी परिवर्तन गरेकोछ र यस युगको दस्तावेजको रुपमा नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएकोछ । यस संगै नेपाल नयाँ युगमा प्रवेश गरेको छ ।
  •     नेपालमा अव संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थविकााि स्थापित भएको छ ।
  •     यसवेला नेपालको सामाजिक सत्रुका रुपमा हाम्रा समाजमा रहेका भोक, रोग, शोक, गरिवी, पछौटेपन, अशिक्षा र असमानताहरु हुन ।
  •     अव नेपालको बदलिदो परिस्थितिमा हाम्रो संघर्षको रुप परिवर्तन भएको छ । 
  •     अव हामीले यी समस्याका विरुद्ध सामाजिक न्याय सहितको समावेशी आर्थिक विकासको माध्यमवाट समृद्धि हाशिल गर्दै अघि बढने कुरा नै यस प्रदेशको मार्ग चित्र हो । 
  •     यही मार्ग चित्रमा केन्द्रित प्रयत्नहरुवाट हामीले समाजवाद उन्मुख समाज व्यवस्था र समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण गर्न सक्नेछौं । 
  •     सरकारले जनतालाई विकास र समृद्धिको सुन्दर उपहार दिदै जनताको विश्वासको पगरी गुथ्ने अवशर प्राप्त गर्न सकिन्छ भन्ने दृढ विश्वास गरेको देखिन्छ ।
  • ख) बजेटले लिएका उदेश्यहरु ः

    आर्थिक बृद्धि दरलाई उच्च स्तरमा उठाउदै जनताको जीवनस्तर देख्न सकिने र नाप्न सकिने सुधार ल्याउन,

  • मानवीय पूँजीको विकास र उत्पादन सहयोगी भौतिक पूर्वाधारको विकास गर्दै समग्र आर्थिक क्षेत्रलाई चलायमान बनाउने ।
  •     कृषि क्षेत्रलाई व्यावशायिकरण र आधुनिकीकरण गरी उत्पादकत्व बृद्धि गर्ने ।
  •     पर्यटनमैत्री पूर्वाधार विकास गरी पर्यटन, उद्योग तथा व्यवशायलाई विस्तार गर्दै लगानी, रोजगारी, तथा आय आर्जनको आकर्षण क्षेत्रको रुपमा पर्यटन क्षेत्रको प्रवर्धन गर्ने ।
  •     उद्यमशीलताको विकास सहित औधोगिकरणको विकास गर्ने ।
  •     स्वास्थ्य र  शिक्षामा गुणस्तरीय सुधार गर्ने ।
  •     भरपर्दो र गुणस्तरीय खानेपानी सुविधाको विस्तार गर्ने ।
  •     बातावरण सन्तुलन तथा विपद व्यवस्थापनलाई अन्तरआवद्धताको विषयको रुपमा विकास गर्ने ।
  •     समावेशी र सन्तुलित विकासलाई प्रवद्र्धन गर्ने ।
  •     प्रदेश भर चुस्त दुरुस्त शासनको अनुभूति गराउने ।

बजेटका विशेषताहरु ः

  •     मानवीय श्रोतलाई मानवीय पूँजीमा रुपान्तरण गर्ने सोच ः यस प्रदेशमा रहेको मानवीय श्रोतलाई स्वास्थ्य र शिक्षाको माध्यमवाट अनुशासित, योग्य र मेहनती बनाउदै असल मानव पूँजीमा रुपान्तरण गर्न शिक्षा र स्वास्थ्यमा आवश्यक बजेट विनियोजन गरिएको छ ।
  •     प्रदेशलाई लगानीमैत्री बनाउदै लगानीलाई आकर्षण गर्ने योजना ः यो प्रदेश मिनी नेपाल हो । यस प्रदेशमा विद्यमान प्राकृतिक, सास्कृतिक, मानवीय, आध्यामिक र भौतिक संभावनाहरुलाई समृद्धिमा सदुपयोग गर्न यो प्रदेशलाई पहिलो लगानीको रोजाइमा पार्न प्रदेशभर सडक, विद्युत सुविधा, संचारसेवाको उपलव्धता र खेती योग्य जमिनमा सिचाईको उपलव्धतालाई बजेटले ध्यान पुर्याउदै बृहत्तर आवद्धता उत्पादनमा व्यापकताको मर्मलाई बजेटमा व्यवस्था गरिएको छ ।

    तीब्र आर्थिक बृद्धि, समृद्धि र खुसिको आधार ः

  • प्रदेशका नागरिकको ज्ञान, शीप र केही गरौ भन्ने भावनालाई प्रदेश मै सदुपयोग गर्न लगानीकर्तालाई यस प्रदेश मै लगानीका लागि आकर्षित गर्दै यस बजेटमा कृषि, पर्यटन, उद्योग, व्यापार र बित्त सेवामा समुदाय, सहकारी र नीजि क्षेत्रलाई सघाउने गरी सुहाउदा  विभिन्न कार्यक्रमको व्यवस्था गरिएको छ ।
  •     विकासमा सन्तुलन र समावेशीकरणलाई प्राथमिकता ः

विकासमा सवै आयाम, स्वरुप र संरचनामा संवोधन गर्ने गरी पहिचान भएका लैगिक समानता तथा सामाजिक समावेशीकरण, बालमैत्री, बाताबरणमैत्री, विपद जोखिम न्यूनिकरण, दिगो विकास लक्ष्य आन्तरिकीकरण लगायतका अन्तरआवद्धताका विषयलाई यस बजेटले संवोधन गर्ने प्रयत्न गरेको छ ।

  •     असल शासनका माध्यमवाट सामाजिक न्यायको प्रत्याभूति गर्दै, आर्थिक समृद्धिमा लम्कन सरकारी संयन्त्रहरुको क्रियाशीलता ः

प्रदेशको सरकारी संयन्त्र र जनशक्ति राजनीतिक नेतृत्ववाट निरन्तर प्रेरित, निर्देशित र संपोषित हुने गरी प्रदेश सरकारले नीति कार्यक्रममा प्रतिबद्धता जाहेर गरेको छ । कर्मचारी बर्गमा रहरले काम गरौ हासेर सेवा गरौं को सस्कार बसाउन नेतृत्व पक्ष स्वयं आदर्श, अनुकरणीय र पे्ररणदायी बनाउने भावनालाई जीवन्त बनाउन बजेटले ध्यान दिएको छ ।

  •     वितिय पारदर्शिता र कठोर आर्थिक अनुशासन ः

प्रदेशसरकार संचालन हाम्रो पहिलो अनुभव हो र प्रदेश सरकारले गर्ने व्यवहार र संस्कारले युगौ युगसम्मको दिशा निर्देश गर्नेछ । त्यसैले हाम्रा कार्य संपादनमा व्यक्तिगत स्वार्थको खोट वा धव्वा कसैले लगाउन नसकोस र कार्यकारी पक्ष सधै वित्तिय पारदर्शी र कठोर अनुशासनको रोल मोडल बनोस भन्ने मर्मलाई यस बजेटले बोकेको छ । 

  •     विकासमा केन्द्रित संचार र संचारमैत्री सरकार ः

प्रदेश सरकार नागरिक सरोकारका सवै विषयहरु नागरिक तहमा निरन्तर संम्प्रेषण भइरहोस भन्ने सोचका कारण सरकार र नागरिकका वीचको सम्वन्ध विश्वासनीय, मर्यादित र भरोसायोग्य बनाउन चाहन्छ । यसका लागि संचार क्षेत्रसंगको सहकार्यमा सरकारले जोड दिएको छ ।  राम्रो काम फैलाउने, नराम्रो काम औलाउने भूमिकावाट सरकार संचार सहकार्यलाई सुदृढ बनाउनेछ र यस कार्यका लागि बजेटमा सम्बोधन गरिएकोछ ।


बजेटमा तय गरिएका प्राथमिकताका आधारमा विकासका कार्यक्रमहरु ः
१. भौतिक पूर्वाधार समृद्धिका आधार ः 
सडक संजाल टोल वस्तिमा , विधुत सुविधा घरघरमा र खेतियोग्य भूमिमा सिचाइ सुविधा, शहरी भौतिक संरचना निर्माण, एकिकृत बस्ति विकास र संचारका संरचना निर्माण लगायत भौतिक पूर्वाधारलाई समृद्धिको पहिलो आधारको रुपमा लिईएको छ । 

२.    आर्थिक बृद्धिका लागि कृषि, पर्यटन र उद्योगमा जोड ः 
यस प्रदेशमा आर्थिक बृद्धिकासवै क्षेत्रलाई चलायमान, उत्पादनशील र उपलव्धिमूलक बनाउन सरकारले कृषि, पर्यटन र उद्योगलाई लगानीका दृष्टिकोणले उच्च प्राथमिकतामा राख्दै सरकार, सहकारी र नीजि क्षेत्रको सहभागीतावाट आर्थिक क्षेत्रलाई गतीशील बनाइनेछ । 

३.    दक्ष जनशक्तिको विकासको लागि सामाजिक क्षेत्रमा लगानी ः 
समाजको सामाजिक बनोट र साँस्कृतिक मौलिकता जगेर्ना गर्दै प्रदेशको मानव श्रोतलाई दक्ष जनशक्तिमा रुपान्तरण गर्नदसरकारले सामाजिक क्षेत्रमा लागनी  गर्ने सोच लिएको छ ।

४.    गरिवी निवारणका लागि लक्षित कार्यक्रम ः 
समाजवाद उन्मुख समाज व्यवस्थाको निर्माणको लागि समाजमा पछाडी परेका समुदाय र क्षेत्रहरुलाई प्राथमिकताकासाथमा विकासको मूल प्रवाहमा समाहित गर्नु अनिवार्य हुन्छ । यस कार्यका लागि प्रदेशको बजेटले समाजमा विपन्न, पछाडि परेका र गरिवीको जीवन निर्वाह गरीरहेका समुदायलाई सशक्तिकरण गर्दै विकासको मूल प्रवाहमा ल्याएर अर्थोपार्जनमा सक्रिय बनाउन गरिवी निवारणलाई प्राथमिकतामा राखिएकोछ । 

५.    शासकीय प्रवन्धको तयारी र कार्यान्वयन ः
प्रदेश सरकारको कार्य संपादनलाई संविधान संमत रुपमा जनमुखी, पारदर्शी र उत्तरदायी बनाउन नीति, कानून निर्माण एवं योजना तथा कार्यविधि तर्जुमा गर्दै संगठन जनशक्ति, प्रविधि एवं पूर्वाधार व्यवस्थामा प्राथमिकता दिइएको छ ।

६.    अध्ययन अनुशासन, सूचना तथा तथ्यांक र योजना तर्जुमा ः
कुनै पनि कार्य गर्नु भन्दा अगाडी उक्त विषयमा गहिरो गरी अध्ययन तथा विश्लेषण गर्ने कार्यमा हामी धेरै पछाडी छौ । कुनै पनि कार्य हतारमा गर्ने र फूर्सदमा पछुताउने कार्य नेपाली समाजमा संस्कार जस्तै भएको छ जस्ले गर्दा हाम्रा कार्ययोजानहरु असफल हुने र त्यसले समाजमा नकरात्मक असर पार्ने गरेका छन् । यस विषयमा शिक्षा लिदै यस प्रदेशले आफ्ना कार्ययोजनाहरु बनाउदा अध्ययन अनुसन्धानलाई प्राथमिकता दिने सोच बनाएको छ ।  प्रदेश सरकारले संपादन गर्ने जिम्मेवारीका विषयहरुमा अध्ययन अनुसन्धान गर्न, सूचना तथा तथ्यांक तयार गर्न, प्रदेशको विकास चित्र प्रष्टयाउने समष्टिगत र क्षेत्रगत योजना तयार पार्ने काममा प्राथमिकता दिईएको छ । अध्ययन अनुसन्धानवाट प्राप्त नतिजा एवं प्रदेश स्तरीय सूचना तथ्यांकमा सहज पहुचको व्यवस्थालाई समेटिएकोछ । 

बजेट कार्यान्वयनका देखिएका चुनौतीहरु ः

  •     शासकीय प्रवन्धका सवै आयामहरु चुस्त दुरुस्त भई सकेका छैनन् ।
  •     संघीइ ढाचामा अव्यस्त शासन पद्धतिलाई प्रादेशिक ढाचामा रुपान्तरण गर्न केही समय लाग्न सक्छ ।
  •     व्यक्तिवादी सोचलाई समाजवाद उन्मुख वाटोमा अगाडी बढाउदै राष्टको उन्नतिमा आफ्नो पनि उन्नतीभित्रै नागरिकको उत्थान संभव छ भन्ने भावनाको विकास गराउदै सवैलाई एउटै चालमा हिडाउन आवश्यक छ ।
  •     बैदेशिक रोजगारी र बसाई सराईको कारण जनसंख्या घटदै गएका हिमाली र पाहाडी क्षेत्रका श्रोतलाई सदुपायोग गर्न र बाक्लिदै गएको तराइका जनसंख्यालाई भौतिक पूर्वाधारको विकास गर्न सघन प्रयत्न गर्नु पर्ने अवस्था छ ।
  •     विकासको सवालमा अझै पनि क्षेत्रगत, लै्रगिक, जातजातीगत, उमेर, क्षमताका कारण विभेद, असमानता र बंचितीकरणलाई विकासको लाभमा समन्यायिक नीतिहरु अवलम्बन गर्नु पर्ने अवस्था रहेको छ ।
  •     हामीले अवलम्वन गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली सहकारीता, समन्वय र सहअस्तित्वको सिद्धान्तमा आधारित भएकोले एकले अर्कालाई साथ दिने लिने र परस्पर सहयोगवाट सवैका  समस्या समाधानमा सवैको तत्परता र विवेकको खाँचो छ ।
  •     प्रदेश सरकारका कार्यहरु र प्राप्त सिमित साधन श्रोतहरु वीच प्रदेशका जनतामा रहेका असिमित चाहना पुरा गर्नु पर्ने अवस्था भएकोले यी चाहनाहरु पुरा गर्न संघीय सरकारसंग सहयोग प्राप्त गर्न नियमित रुपमा संवाद र सहमति अपरिहार्य छ । यसमा दुवै सरकारका समान बुझाइको आवश्यकता छ ।
  •     संघीय सरकारवाट प्रदेश सरकारले उपलव्ध हुनुपर्ने संरचना र जनशक्ति छिटो भन्दाछिटो उपलव्ध नभएमा बजेट कार्यान्वयनमा ठुलो चुनौतीको सामना गर्नुपर्ने अवस्था रहेकोछ ।
  •     जति ठूलो जनमतको आधारमा सरकार उभिन्छ त्यति नै मात्रामा जनअपेक्षाहरु प्रकट भएका हुन्छन् त्यसैले हामी सवैको संयता र धैर्यताका साथमा सम्यक विचारवाट निर्देशित भई चुनौतीलाई अवशरमा बदल्ने सामथ्र्यको विकास गर्न आवश्यक छ ।
  •     विधिको शासन लोकतन्त्रको प्राण भएकोले विधिको शासन स्थापित गर्न जस्तासुकै जटिलता आए पनि दृढताकासाथमा सामना गर्नुको विकल्प छैन त्यसको लागि प्रदेशलाई समृद्ध बनाउदै प्रदेशवासीलाई खुसि बनाउन जनसमुदायहरुको समर्थन, सहयोग र विश्वास आर्जन गर्नु पर्दछ ।

आर्थिक विकासका लागि प्रचुर संभावनाहरु भएको प्रदेशको रुपमा यो ५ नम्बर प्रदेश रहेको छ । उर्वरभूमि, प्राकृतिक, जैविक, भौगोलिक, साँस्कृति विविधताहरु र उर्जाशील नागरिक यस प्रदेशका अपार श्रोतहरु हुन । मानवीय अगुवाईमा हुने इमान्दार प्रयत्नले असंभवलाई पनि संभव बनाउन सकिन्छ । प्रदेशमा चुनौतीहरु अवश्य छन् तर संभावनाहरु पहिल्याउदै र पछयाउदै जाँदा चुनौतीहरु स्वः ओझलमा पर्दछन र सफलताले पाइलाहरु अगाडी बढाउदै जान्छन् । फेरी संभावना र चुनौती त दिन र रात जस्तै न हुन । यस प्रदेशले संभावनाका ढोकाहरु खोल्दै उपलव्धिहरु हाशिल गर्दै जादाँ चुनौतीहरुको अध्यारो स्वतः हटेर जानेछन् । 
 
बजेटमा उल्लेख भएका विचारहरुलाई अध्ययन गर्दा यस प्रदेशले आफ्नो क्षेत्रमा रहेका अपार साधन श्रोतहरुको समुचित रुपमा परिचालन गर्दै औधोगिकरण र व्यावशयिकरण गरी राष्ट्रिय पूँजीको विकासमा तर्फ केन्द्रित भएको पाइन्छ । यसरी राष्ट्रिय पूँजिको विकास गर्दा सामाजिक न्याय सहित समावेशी विकास गर्न गरिवी निवारणका लागि लक्षित कार्यक्रम र समुह तथा सहकारीलाई विकासको कार्यमा अनुदान तथा सहयोग दिने कार्यक्रमहरु संचालनमा प्रदेश सरकारलाई केन्द्रित गरेको छ । जस्ले पछि परेको क्षेत्र र समुदायलाई विकासका अवशरहरुमा क्रमशः अगाडी बढाउदै समाजवादी समाज निर्माण गर्ने दिशा तर्फ आफ्ना पाइलाहरु अगाडी बढाउने सोच रहेको पाइन्छ ।  यस कार्यका लागि बजेटले सर्व प्रथम विकासका संभावना भएका सवै क्षेत्रमा भौतिक पूर्वाधारको विकास कार्यलाई पहिलो प्राथमिकता दिएको छ भने दोस्रो प्राथमिकतामा यस प्रदेशको विकासको मूल आधारको रुपमा रहेको कृषि, पर्यटन, उद्योग र प्रदेशमा रहेको प्राकृतिक संपदाहरुको विकासको कार्ययोजनालाई प्राथमिकता दिइएको पाइन्छ । त्यसै गरी यस प्रदेशले विकासका लागि आवश्यक दक्ष जनशक्ति विकासका लागि सामाजिक क्षेत्रमा लागानी, गरिवी निवारणका लागि लक्षित कार्यक्रम, शासकीय प्रवन्धको तयारी र कार्यान्वयन तथा प्रदेशले गर्ने विकासका कामको योजना बनाउदा गरिनुपर्ने अध्ययन, अनुसन्धानलाई पनि यसले प्राथमिकतामा राखेको पाइन्छ । यसरी प्रदेशले शीघ्र सेवा र तीब्र विकासको अनुभूति जनतामा गराउने सोचकासाथमा विकासको कामलाई निरन्तर रुपमा अगाडी बढाउदै समृद्ध प्रदेश, खुसि जनताको लक्ष्य प्राप्त गर्ने दिशा तर्फ उन्मुख भएको पाइन्छ । 

सन्दर्भ सामाग्री ः
बजेट बक्तव्य (२०७५) आर्थिक मामिला तथा योजना मन्त्रालय, प्रदेश नं. ५, प्रदेश सरकार, २०७५ असार १

प्राप्त प्रतिकृयाहरू

To Top