नेपालको संबिधानमा व्यवस्था छ: 'एउटैैै दलको सभामुख उपसभामुख हुनु हुदैन' 

राजनीति असार २० २०७५ ekhabarnepal
Btl 1586

बुटवल असार २०, 

प्रदेश नम्वर ५ को आज बसेको प्रदेश सभा बैठकमा नेपाली काग्रेसले सभामुख र उपसभामुख एउटै दलको नहुने व्यवस्था रहेको उल्लेख गर्दै सोको कार्यान्वयनका लागि ध्यानाकर्षण गराएको हो ।
बैठकको बिशेष समयमा बोल्दै काग्रेसका प्रदेश सभा सदस्य डिल्लि बहादुर चौधरीले नेपालको संबिधानमा एउटैैै दलको सभामुख उपसभामुख हुनु हुदैन भन्ने व्यवस्था छ म त्यसको कार्यान्वयनका लागि ध्यानकर्षण गराउदछु भन्नुभयो । उहाले अलग दलको सभामुख उपसभामुख हुदा पनि काग्रेसले पाउदैन तर संबैधानिक व्यवस्था कार्यानवयन होस भन्ने हो भन्नु भयो । उहाले अनसररत प्राध्यापक डा. गोबिन्द केसीले उठाएका माग सम्वोधन गर्न र गंगामाया अधिकारीको जीवन रक्षाको माग गर्दै संघिय सरकारको ध्यानाकर्षण गराउनु भयो ।


उहाले डा. केसीले उठाएका माग सम्वोधन नगरी सरकारले भनेजस्तै नियमावली पारित भए गरीव जनताका छोरा छोरीले चिकित्सक पढनबाट बञ्चित हुने बताउनु भयो ।काग्रेस प्रदेश सभा सदस्य चौधरीले बाढी पिडितलाई छिटो राहतको व्यवस्था गर्न र सिचाईका लागि बिशेष सुबिधा गर्न समेत प्रदेश सरकारको ध्यानाकर्षण गराउनु भयो ।बिशेष समयमा प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठले सैनामैनालाई पुरातात्विक र पर्यटकीय क्षेत्रका रुपमा बिशेष प्राथमिकता दिएर बिकास गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराउनु भएको थियो ।


अर्का सदस्य तिलकराम शर्माले बवई नदीको पुल निर्माणमा भएको अनियमितता र स्थानीयले व्यहोर्नु परेको सास्तीका सम्वन्धमा सरकारको ध्यानाकर्षण गराउदै वर्षामा हुन सक्ने क्षतिलाई कम गर्न सरकारले सजकता अपनाउनु पर्ने बताउनु भयो ।
यसैबिच आज बसेको प्रदेश सभा बैठकले बिनीयोजन बिधियक २०७५ पारित गरेको छ ।प्रदेश सभाको बैठकमा निणयार्थ पेश हुदा बिनीयोजन बिधियक बहुमतले पारित गरेको हो ।  आजको बैठक पश्चात प्रदेश सभा सचिवालय परिषरमा राखिएको गौतम बुद्धको प्रतिमाको प्रदेश सभाका सभामुख पुर्ण बहादुर घर्तिले अनावरण गर्नु भएको थियो ।अर्को बैठक असार २५ गते बस्ने छ ।

प्राप्त प्रतिकृयाहरू

To Top