विश्वकप फुटबलको क्वारटफाइनल पुग्ने टिमहरु सूचीसहित 

खेल असार २० २०७५ ekhabarnepal
Fifa world cup 2018 russia 1024x467 fgfgr

एजेन्सी । विश्वकप फुटबलको क्वारटफाइनल पुग्ने सबै टिमको टुंगो लागेको छ । प्रि–क्वाटरफाइनलको अन्तिम खेलमा इंग्ल्यान्ड विजयी भएसँगै क्वाटरफाइनलमा पुग्ने टिमको टुंगो लागेको हो ।

विश्वकपको क्वाटरफाइनलमा पुग्ने टिमहरु सूचीसहित 

  • फ्रान्स,
  • उरुग्वे,
  • ब्राजिल,
  • बेल्जियम,
  • स्वीडेन,
  •  रसिया,
  • क्रोएसिया
  • इंग्ल्यान्ड    पुगेका छन् ।

फ्रान्सले प्रिक्वाटरफाइनलमा अर्जेन्टिनालाई ४–३ गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको थियो । त्यस्तै, उरुग्वेले पोर्चुगललाई २–१ गोलअन्तरले पराजित गर्दै विश्वकपको अन्तिम आठमा आफ्नो स्थान बनाएको थियो । यता, आयोजक रसियाले स्पेनलाई पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित गर्दै विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको थियो ।

प्रिक्वाटरफाइनलमा क्रोएसियाले डेनमार्कलाई पेनाल्टीमा ३–२ गोलले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । त्यस्तै, ब्राजिलले मेक्सिकोलाई २–० गोलले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो । त्यस्तै बेल्जियमले जापानलाई ३–२ गोलले र स्वीडेनले स्वीट्जरल्यान्डलाई १–० गोल अन्तरले पराजित गर्दै विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेका हुन् । प्रिक्वाटरफाइनलको अन्तिम खेलमा इंग्ल्यान्डले पेनाल्टीमा कोलम्बियालाई ४३ गोलले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो ।

विश्वकपको क्वाटरफाइनल खेल शुक्रबारदेखि सुरु हुँदैछ । पहिलो क्वाटरफाइनलमा उरुग्वेले फ्रान्ससँग प्रतिस्पर्धा गर्दैछ । २ पटकको विश्वकप विजेता उरुग्वे र एक पटकको विश्वकप विजेता फ्रान्सबीच पहिलो क्वाटरफाइनल खेल हुन लागेको हो । यो खेल रसियाको निज्हनी नोभ्गोरोड रंगशालामा नेपाली समयअनुसार ७ बजेर ४५ मिनेटमा हुनेछ ।

क्वाटरफाइनलअन्तर्गत शुक्रबारै राति ११ बजेर ४५ मिनेटमा ब्राजिल र बेल्जियमबीचको खेल पनि हुनेछ । ब्राजिल र बेल्जियमबीचको खेल कजान एरिनामा हुनेछ । विश्वकपको सर्वाधिक ५ पटक उपाधि उचालेको ब्राजिल र उपाधिविहीन बेल्जियमबीच प्रतिस्पर्धा हुन लागेको हो ।

त्यस्तै, क्वाटरफाइनलकै अर्को खेलमा स्वीडेनले इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । शनिबार राति ७ बजेर ४५ मिनेटमा रसियाको समरा एरिनामा यी दुईबीचको खेल सुरु हुनेछ । त्यस्तै, शनिबार नै आयोजक रसियाले क्रोएसियासँग प्रतिस्पर्धा गर्दैछ । यो खेल नेपाली समय अनुसार ११ बजेर ४५ मिनेटमा फिष्ट रंगशालामा सुरु हुनेछ । 

प्राप्त प्रतिकृयाहरू

To Top