नारायणगढ—मुग्लिङ सडकखण्ड अवरुद्ध 

समाज असार २० २०७५ ekhabarnepal
1529987812 naragadhmuglinroadlandslide 55998

चितवन, २० असार 
नारायणगढ–मुग्लिन सडकखण्डमा आज यातायातका साधन संचालनमा आउने संभावना निकै कम रहेको छ ।

 चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ मा पर्ने नारायणगढ—मुग्लिङ सडकखण्डअन्तर्गत चार किलो र पाँच किलोको बीच टोपेखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । 

आज बिहान अन्दाजी ५ः३० बजेतिर पहिरो खसेको प्रहरीले अनुमान गरेको छ । अन्दाजी ५० मिटरभन्दा लामो पहिरो खसेको छ । पहिरो पन्छाएर सडक खुलाउन समय लाग्ने प्रहरीको भनाइ रहेको छ । 

अहिले पनि सिमसिम पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेको छ ।

पछिल्लो जानकारी अनुसार तोपे खोलाको पहिरो हटाउन काम सुरु भएको छ । तर अर्को पहिरो केहिबेरअघि मात्रै खसेकाले त्यहाँ पुग्न समय लाग्ने प्रहरीले जनाएको छ । यो पहिरो हटाउन आज दिनभरी नै लाग्ने उक्त क्षेत्रमा खटिएका प्रहरीको अनुमान छ ।

पहिरो खसेपछि अहिले यो सडकखण्डमा चल्ने गाडी रोकिँदा हजारौं यात्रु विच बाटोमै अलपत्र परेका छन् । पहिरो गएपछि काठमाडौं भित्रने गाडीहरु जुगेडीमा र काठमाडौंबाट बाहिरिने गाडीहरु मुग्लिनमा रोकिएको प्रहरीले जानकारी दिएको छ। वर्षा सुरु भएसँगै दिनहुँ पहिरो खस्दा यो सडकखण्डको यात्रा जोखिमपूर्ण बन्दै गएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top