नौ बुँदे सहमति भएपछि शैक्षिक हड्ताल फिर्ता 

समाज असार १९ २०७५ ekhabarnepal
Img 20180703 09263836 859

 बुटवल, १९ असार
 सरकारसँग नौ बुदे सहमती भएपछि नेत्रविक्रम चन्द विप्लव निकट अखिल क्रान्तिकारीसहित विभिन्न विद्यार्थी संगठनले घोषणा गरेको तीनदिने शैक्षिक हड्ताल फिर्ता लिएका छन् ।

शिक्षा मन्त्रालयमा गएराति अबेरसम्म चलेको वार्तामा नौ बुँदे सहमति भएपछि विद्यार्थी संगठनहरुले असार २०, २१ र २२ गते गरि ३ दिनका लागि घोषणा देशव्यापी शैक्षिक संस्था बन्द फिर्ता लिएका हुन् ।

शिक्षा मन्त्रालयमा हिजो अपरान्हदेखि सुरु भएको वार्ता राति ११ बजे सम्म चलेको थियो ।

वार्तामा शिक्षा मन्त्रालयको तर्फबाट सहसचिव सूर्य प्रसाद गौतम, शिक्षा बिभागका महानिर्देशक बाबुराम पौडेल, प्याब्सनका कार्यवाहक अध्यक्ष अध्यक्ष डिके ढुंगाना, एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटालगायत सहभागी थिए ।

प्राप्त प्रतिकृयाहरू

To Top