उद्घाटनको तयारीमा आरम्भ रिसोर्ट , नेपालकै पहिलो प्रयोग भएको दावी

अर्थ असार १९ २०७५ ekhabarnepal
11


बुटवल, असार १९ गते
शैक्षिक कार्यक्रमसहित सञ्चालनमा आउने तयारीमा रहेको आरम्भ रिसोर्टको उद्घाटन प्रदेश नं ५ का माननीय उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री श्री लीला गिरीवाट असार २१ गते हुने भएको छ ।

बुटवलको वडा नं. १५ स्थित ढवाहमा निर्माणाधीन अवस्थामा रहेको आरम्भ गु्रप अफ हस्पिटालिटी लि.मा यस क्षेत्रकै सवैभन्दा ठूलो एथ्लेटिक्स स्वीमिङ्ग पुलकोसमेत सुविधा छ । शैक्षिक कार्यक्रमसहितको यस प्रकारको रिसोर्ट नेपालको सन्दर्भमा पहिलो प्रयोग रहेको दावी सो कम्पनीका अध्यक्ष बाबुराम महतले गर्नुभएको छ ।  
होटल म्यानेजमेन्टमा स्नातक तहको पढाई हुने प्रदेश न. ५ को पहिलो मेघा कलेजले दक्ष जनशक्ति उत्पादनमा जोड दिने नीति अपनाएको छ । 
स–सानो पूंजी संकलन गरि पब्लिक कम्पनीको रुपमा स्थापित आरम्भ रिसोर्टको जारी पंूजी ५० करोड छ भने चुक्ता पूजी २० करोड रहेको छ । तीन विगाहा क्षेत्रफलमा रहेको यो रिसोर्टमा ५ सयदेखि एक हजार क्षमताको हल छ । साथै मिटिङ्ग, सेमिनार, गोष्ठी र कन्फिडेन्सियल मिटिङ्ग लगायतका लागि प्रयोगमा ल्याउन सकिने हलहरु छन् । 
दानव नदीको किनारमा प्राकृतिक, पारिवारिक र संगीतमय वातावरणमा रमाउन चाहनेलाई उक्त रिसोर्ट रोजाईमा पर्ने विश्वास रिसोर्टका ब्यवस्थापक छविलाल थापाको छ  । आकर्षक एवं सुन्दर र प्राकृतिक गार्डेनले रमणीय उपभोक्ताहरुको विश्वास जित्नका लागि किचन र वारलाई लाइभ वनाइएको छ भने कक्टेल मक्टेल लगायतका परिकारहरुको ब्यवस्था पनि छ ।
हाल विभिन्न युवा क्लवहरुले आधा दर्जन जति पुल हाउस कार्यक्रम संपन्न गरिसकेका छन् । उद्घाटन पूर्व पनि वैवाहिक कार्यक्रमसमेत सञ्चालन गरिसकेको छ ।


रिसोर्टले सञ्चालनमा ल्याएको वेष्टर्न मेगा कलेजमा हाल  होटल ब्यवस्थापनमा स्नातक र एमवीए तहको अध्ययन भइरहेको छ । 

प्राप्त प्रतिकृयाहरू

To Top