सिनपाको नगरसभाले पर्यटनलाइ प्राथमिकता राख्दै जल पर्यटन,  बोटिंग र घरहरुमा बुद्धकलर लगाउने 

समाज असार १९ २०७५ ekhabarnepal
Sinapa nagar sava and puraskar bitaran 2 768x511

 

५० हजार नगद सहित पत्रकार के.सी सम्मानित

 अरुण ज्ञवाली

भैरहवा, असार १८ । सिद्धार्थनगर नगरपालिकाको तेस्रो नगरसभा सम्पन्न भएको छ । असार १० गतेबाट शुरु भएको सभा सोमबार दिउसो सम्पन्न भएको हो ।

सभाले पर्यटन क्षेत्रलाई मुख्य प्राथमिकतामा राख्दै सिद्धार्थनगरलाई पर्यटकीय नगरको रुपमा विकास गर्ने घोषणा गरेको छ  । सभाले डण्डा क्षेत्रलाई जल पर्यटन क्षेत्र घोषणा गर्दै त्यहां पार्क निर्माणकोलागी १ करोड छुट्टाएको छ। यसैगरी नेपाल भारत सीमा नाका बेलहियामा लुम्बिनी झल्कीने प्रवेशद्धार, डण्डामा बोटिंग, बेलहिया देखी भैरहवा सम्मको सडकको दायाबाया  बुद्धमूर्ति राख्ने र सिद्धार्थनगरभित्रका सबै घरहरुमा बुद्धकलर लगाउनेगरी विभिन्न योजना सहितको नगर प्रमुख हरि प्रसाद अधिकारीले आर्थिक वर्ष २०७५।०७६ को लागी २ अर्ब ४९ लाख ८१ ह्जार रुपैयां बराबरको प्रस्तावित  बजेट पारित गरेको नगरका प्रमुख प्रशासकीय अधिकृत ख्यामबहादुर थापाले जनाए ।

सिद्धार्थनगरले आगमी वर्ष नगरमा बसोबास गरिरहनु भएका ८५ वर्ष उमेर पुरा भएका ज्येष्ठ नागरिकहरुको सम्मानका लागि घरघरमा गई स्वास्थ्य परीक्षण गर्नेगरी बजेट पास गरेको छ । यसैगरी नगरलाई हरितनगरको रुपमा विकास गर्नका लागि वृक्षारोपण सम्बन्धी विशेष कार्यव्रmम तयार पारी ५ वर्ष भित्रमा सबै सडक छेउ,खाली सार्वजनिक र एैलानी जग्गाहरुमा वृक्षारोपण गरिने, महिला सशक्तीकरणका लागि विभिन्न कार्यव्रmमहरु संचालन गरिने,  दाइजोप्रथा, महिला हिंसा, बालविवाह रोक्नेगरी कार्यक्रम अगाडी बढाउनेगरी प्रस्ताव पारीत गरेको छ ।

सभाले नेपाल सरकारबाट जारी भएको भू­उपयोग नीतिको कार्यान्वयन तथा निजी क्षेत्रबाट संचालन गरिने जग्गा विकास कार्यलाई प्रभावकारी र व्यबस्थित गर्न आवश्यक पहल गरिने गरी प्रस्ताव पारित गरेको छ । सभामा लक्षीत तथा समाबेशी विकासतर्फ पनि विशेष महत्वका साथ स्थान दिईएको छ ।

करेशाबारी कौशिखेती टोलटोलमा बोटबिरुवा रोप्ने नीति अवलम्बन गरिने,  हाटबजारमा सामुदायिक भवन अन्र्तगत व्यवस्थित बजार निर्माण गर्ने, प्रदेश सरकारले बजेटमा उल्लेख गरेअनुसार नगरका जनप्रतिनिधीलाई तलब तथा सेवासुधिवा प्रदान गर्ने लगायतका दर्जनौं प्रस्तावहरुमाथी नगरका सदस्यहरुले दफादार छलफल गरी पारीत गरेका हुन् । सभामा नगरसभासदहरुले उठाएको जिज्ञासाको जवाफ प्रमुख हरि प्रसाद अधिकारी र उपप्रमुख उमा काफ्ले दिएका थिए ।

सिद्धार्थनगरपालिकाले आगमी वर्षमा नगरपालिकाबाट गरिने लगानीमध्ये भौतिक पूर्वाधारमा १ अर्व ५७ करोड ४७ लाख ९५ हजार (७८.५४ प्रतिशत) रहेको छ । भौतिक पूर्वाधारतर्फ विनियोजित रकममध्ये सडक, सतह ढल र फोहोरमैला प्रशोधन केन्द्रमा रु.१ अरव ३९करोड विनियोजित गरिएको छ । सभाले नियमित नगर सरसफाईतर्फ २ करोड ३० लाख, सडक बत्ति व्यबस्थापनका लागि रु. ४० लाख स्वीकृत गरिएको छ । सामाजिक विकास अन्तर्गत महिला, बालबालिका, दलित, जनजाति, अपांग, ज्येष्ठ नागरीक, मुश्लिम आदि लक्षित वर्गको विकासका लागि रु ३७ लाख५८ हजार विनियोजीत बजेट स्वीकृत गरिएको छ ।

५० हजार नगद सहित पत्रकार के.सी सम्मानित

नगरसभाको अवसरमा पत्रकार नरेश के.सीलाई सम्मानित गरिएको छ । लुम्बिनीखबर पत्रिकाका सम्पादक के.सी. लाई सिद्धार्थनगरको समग्र विकासकालागी पत्रकारिताको माध्ययमबाट उल्लेखनीय योगदान दिएको भन्दै नगरको तेस्रो सभाको अवसरमा नगद ५० हजार सहित मेयर हरिप्रसाद अधिकारी, उपमेयर उमा काफ्ले सहितले नगद , प्रमाणपत्र र माला लगाईदिएर सम्मान गरेका थिए । रुपन्देही जिल्लामा नगदराशीका हिसाबले सबैभन्दा ठूलो पुरस्कार मानिएको उक्त पुरस्कार पाउने के.सी भैरहवाबाट हिमालय टि.भी, दैनिक लुम्बिनी र नेपाल समयकोलागी समाचारदाताको रुपमा समेत काम गर्दछन् ।

प्यूठानको गौमुखी गाउपालिका वडा नम्बर ४ पुजामा , स्वर्गिय हेरमबहादुर खत्री क्षेत्री र महेन्द्रा कुमारीको सुपुत्रको रुपमा विक्रम सम्बत २०४१ सालमा जन्मिएका के.सीले ९ वर्षदेखी रुपन्देहीमा रहेर पत्रकारिता गर्दै आएका छन् ।

त्रिभुवन विश्वविद्यालयबाट एमए, विएड, एलएलबी सम्मको औपचारिक अध्ययन पुरा गरेका के.सी. नेपाल पत्रकार महासंघका प्रदेश सभासद तथा लुम्बिनी प्रेस क्लबका महासचिव समेत हुन् । पत्रकार के.सी खासगरीकन खोजमूलक तथा समीक्षात्मक समाचारको क्षेत्रमा कलम चलाउदैं आएका छन् । के.सीले यस अघि भ्रष्टाचार विरुद्धको पत्रकारिता फेलोसीप लगायत विभिन्न पुरस्कार पनि प्राप्त गरेका थिए ।

 

प्राप्त प्रतिकृयाहरू

To Top