सिद्धवावा क्षेत्रको पहिरो हटाई सडक पूर्ण रुपमा सुचारु

समाज असार १८ २०७५ ekhabarnepal
Siddhababa 780x405 58875

बुटवल १८, असार
 सिद्धार्थ राजमार्गको बुटवल तानसेन सडक खण्डको सिद्धवावा क्षेत्रमा पहिरो हटाए पछि अवरुद्ध सडक पूर्ण रुपमा सुचारु भएको छ । अहिले केहीवेर अघिबाट बुटवल तानसेन बाटो पूर्ण रुपमा खुलेको प्रहरीले जानकारी दिएको छ ।
गएराति सवा ११ बजे सिद्धार्थ राजमार्गको तिनाउ गाउपालिका वडा नम्वर ३ हेडबक्स नजिकै (सिद्धबाबा नजिकै) पहिरो खसेपछी सडक अवरुद्ध भएको पश्चिम क्षेत्रीय टाफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । सडकमा लेदो माटो र ढुंगाा सहितको पहिरो गएको थियो ।

पहिरोले सडक अवरुद्ध भएपछि स्याङ्गजा, पोखरा, बाग्लुङ्ग, गुल्मी, अर्घाखाँची तथा जिल्लाकै विभिन्न स्थानबाट बुटवल आवतजावत गर्ने सवारी साधन बाटोमै रोकिएका थिए ।

प्राप्त प्रतिकृयाहरू

To Top