पहिरो खसेपछी सिद्धार्थ राजमार्ग अवरुद्ध

समाज असार १८ २०७५ ekhabarnepal
1 05102 2 siddha baba pahiro  18062018093533 600x0


  बुटवल असार १८,
 सिद्धार्थ राजमार्गको बुटवल नजिकै सिद्धबाबामा पहिरो गएपछि बुटवल तानसेन सडक राती देखि अबरुद्ध भएको छ । 
 राति ११ बजे सिद्धार्थ राजमार्गको तिनाउ गाउँपालिका वडा नम्वर ३ सिद्धबाबा मन्दिर नजिकै पहिरो खसेपछी सडक अवरुद्ध भएको पश्चिम क्षेत्रीय टाफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । 
सडकमा लेदो माटो र ढुंगाा सहितको पहिरो गएको छ । वर्षा भइरहेकाले पहिरो हटाउने कार्य अझै सुरु भएको छैन । पहिरोले सडक अवरुद्ध भएपछि स्याङ्गजा, पोखरा, बाग्लुङ्ग, गुल्मी, अर्घाखाँची लगायतका जिल्लाबाट बुटवल आउँदै र जाँदै गरेका यात्रु अलपत्र परेका छन । 
पहिरो हटाउन डोजर प्रयोग गर्ने तयारी भईरहेको सडक डिभिजन कार्यालय पाल्पाका इन्जिनियर पवित्रमणी आचार्यले बताउनु भयो ।   
 

प्राप्त प्रतिकृयाहरू

To Top