स्वीस बैंकमा भारतीयको सम्पत्तिमा ५० प्रतिशत बढ्यो

अर्थ असार १७ २०७५ ekhabarnepal
1530425436


कालो धनमा अंकुश लगाउने मोदी सरकार असफल
एजेन्सी, असार १७ 
जेनेभा-स्वीस नेसनल बैंक (एसएनबी) ले जारी गरेको प्रतिवेदनले कालो धनमा अंकुश लगाउने नरेन्द्र मोदीको सरकारलाई असफल बनाइ दिएको छ । प्रतिवेदनका अनुसार २०१७ मा स्वीट्जरल्यान्डको बैंकमा भारतीयको धनमा ५० प्रतिशतले वृद्धि भएर करिब ७ हजार करोड भारतीय रुपैयाँ पुगेृको छ । यद्यपि यो भन्दा ती वर्ष अगाडिसम्म स्वीस बैंकमा भारतीयको कालो धनमा कमी आएको थियो ।
भारतीयले सोझो तरिकाले स्वीस बैंकमा जम्मा गरेको धन ९९.९ करोड स्वीस फ्यांक रहेको थियो । फन्ड मेनेजरको माध्यमबाट जम्मा गरिएको धन १.६२ करोड स्वीस फ्यांक रहेको छ ।
भारतको केन्द्रीय सरकारले कालो धनको बिरुद्धमा चलाएको अभियानका बावजुद स्वीस बैंकमा भारतीयको धनमा वृद्धि हुनुलाई केन्द्र सरकार असफल भएको बताइएको छ । ग्राहकको जानकारीको मामिलामा अत्यन्त गोपनियता कायम गरेकै कारण विश्वभरका मानिस आफ्नो कालो धन स्वीस बैंकमा राख्ने गर्छन् ।
गोप्य स्वीस बैंकमा रहेको खातमा जम्मा भएको धन विगत १२ महिनाको अवधिमा विश्वव्यापी रुपमा ३ प्रतिशतले वृद्धि भएको छ । भारतीयले जम्मा गरेको रकममा पनि ५० प्रतिशतले वृद्धि भएको छ ।
२०१६ मा भने स्वीस बैंकमा भारतीयको धनमा ४५ प्रतिशतले गिरावट आएको थियो । सर्वाधिक वार्षिक गिरावटपटि स्वीस बैंकमा भारतीयको सम्पत्ति ६७ करोड ६० लाख स्वीस फ्रयांक कायम भएको थियो । १९८७ मा युरोपेली बैकद्वार आंकडा सार्वजनिक गर्न थालिएपछि २०१६ मा स्वीस बैंकमा भारतीयको सम्पत्तिमा सर्वाधिक कमी आएको थियो ।
 

प्राप्त प्रतिकृयाहरू

To Top