आजदेखि बुटवलमा दुई दिने रोजगार मेला सुरु 

रोजगार असार १७ २०७५ ekhabarnepal
Btlma rojgar

बुटवल असार १७ ,
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ५ र रोजगार सुचना केन्द्र श्रम कार्यालय बुटवलको आयोजना तथा बुटवल उद्योग वाणिज्य संघको आतिथ्यमा  आजदेखि बुटवलमा रोजगार मेला सुरु भएको छ ।
रोजगारदाता र कामको खोजिमा रहेका युवाहरुबीच सम्पर्क बिकास गरी रोजगारी प्रर्वद्धन गर्ने उद्धेश्यले आयोजना गरीएको मेलामा यस क्षेत्रका उद्योगी र रोजगारका लागि इच्छुक युवाहरुले फारम भरी आफनो उद्योग व्यवसायका लागि आवश्यक जनशक्ति उपलब्ध हुने र सीप भएका युवाले रोजगारको अवसर पाउने बिश्वास गरीएको छ ।


बुटवल उद्योग वाणिज्य संघको सचिवालयमा दुई दिनसम्म चल्ने मेलाको आज एक कार्यक्रमका बीच प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्रि लिला गिरीले उदघाटन गर्नुभयो ।
त्यसअवसरमा बोल्दै मन्त्रि गिरीले परम्परागत शैलिको उद्योग व्यापार र सीपले अहिलेको बजारलाई थेग्न नसक्ने भएकाले उद्योगलाई प्रबिधि र जनशक्तिलाई सीपयुक्त बनाई बैदेशिक रोजगारमा जाने युवालाई स्वदेशमा नै कामको वातावरण बनाउनु पहिलो आवश्यकता भएको बताउनु भयो ।

उहाले प्रदेश नम्वर ५मा रहेका राजापुरको चामल उद्योग, बुटवलको धागो कारखाना र नवलपरासीको चिनि उद्योगलाई राम्रो संग चलाएर सरकार आफैले पनि रोजगारीका अवसरको निरन्तरता र नयाँको खोजी गर्नु पर्ने बताउनु भयो । मन्त्रि गिरीले यस क्षेत्रमा पर्यटनमा लगानी बढाउन उद्योगी व्यवसायीलाई र त्यसका क्षेत्रमा आवश्यक सीप लिएर दक्ष बन्न श्रमिक मजदुरहरुलाई आग्रह गर्नुभयो ।
प्रदेश महासंघका अध्यक्ष गुणनिधि तिवारीले साना तिना सीपमुलक तालिम मात्र नभएर उद्योगका लागि चाहिने जनशक्ति तयार गर्न प्राबिधिक बिश्व बिद्यालय खोल्न ढिलाई गर्न नहुने बताउनु भयो ।
महासंघका केन्द्रिय सदस्य सुरेन्द्र प्रसाद श्रेष्ठले प्रदेश नम्वर ५ पर्यटन, उद्योग र कृषिका क्षेत्रमा धेरै सम्भावना बोकेको क्षेत्र भएकाले समृद्ध प्रदेश बनाउन आवश्यक नीति नियम बनाई लगानीको वातावरण बनाउन प्रदेश सरकारलाई आग्रह गर्नुभयो ।


बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिम बहादुर हमालले उद्योगि र श्रमिकबीचको सम्वन्ध जति सुदृढ हुन सक्यो त्यत्ति नै उद्योगि र मजदुरले लाभ लिन सक्ने बताउर्दै परम्परागत शैलिमा दुबैले परिवर्तन गर्नुपर्ने बताउनुभयो ।कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुल प्साद न्यौपाने, नवलपरासीका अध्यक्ष केशव भण्डारी, तिलोत्तमाका बरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र कार्की, प्रदेशका उपाध्यक्ष दिपक पौडेल, बुटवलका कार्यकारी सचिव सञ्जय ज्ञवाली, उद्योगि बिदुर ढुगांना, जिफण्टका प्देश उपाध्यक्ष डोलराज पौडेल, श्रम कार्यालयका प्रतिनिधि प्रकाश घिमिरे लगायतले बोल्नु भएको थियो ।

प्राप्त प्रतिकृयाहरू

To Top