सुनमा मिसावट : १२ सुन व्यवसायी पक्राउ (नामसहित) 

समाज असार १७ २०७५ ekhabarnepal
584123

काठमाडौं असार १७, 
 बर्दिया प्रहरीले १२ जना सुन व्यवसायी पक्राउ गरेको छ । सुनमा मिसावट गरेको अभियोगमा जिल्लाका सुन व्यवसायीलाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय, बाँसगढी र राजपुरले ४–४ जना र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले ३ जना व्यवसायी पक्राउ गरेको हो ।

जिल्ला प्रशासन कार्यालय, बर्दियाले अनुगमनका क्रममा मिसावट भएको प्रतिवेदन दिएपछि उनीहरु पक्राउ परेको प्रहरी भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय, बर्दियाले १२ सुन व्यवसायी पक्राउ परेको पुष्टि गरेको छ ।
पक्राउ परेका व्यवसायीलाई हिरासतमा राखिएको छ । मिसावटबारे थप अुनसन्धानपछि कालोबजारीको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

प्राप्त प्रतिकृयाहरू

To Top