पत्रिकाको कार्यालयमा अन्धाधुन्ध गोली प्रहार अमेरिकामा पाँच पत्रकारको मृत्यु

राजनीति असार १६ २०७५ ekhabarnepal
Capital gazette

 

असार १६
अमेरिकाको मेरिल्याण्डमा एक पत्रिकाको कार्यालयमा भएको अन्धाधुन्ध गोली प्रहारको विश्वभरबाट निन्दा भइरहेको छ । मेरिल्याण्डको स्थानीय पत्रिका द क्यापिटल गज्याटको कार्यालयमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा पाँच पत्रकारको ज्यान गएको थियो ।

यस्तै अरु दुईजना घाइते भएका थिए । मेरिल्याण्डको एनापोपिलसमा रहेको द क्यापिटल गज्याट पत्रिकाको कार्यालयमा अन्धाधुन्ध गोली प्रहार गर्ने ३८ वर्षका ज्यारोड रामोसलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

सुरुमा आक्रमणकारी रामोसले अनुसन्धानमा सहयोग नगरेको प्रहरील अधिकारीले बताएका थिए । तर अहिले अदालती प्रक्रियाको क्रममा भने आक्रमणबारे कुराहरु खुल्दै गएका छन् ।


आक्रमणकारी रामोस
आक्रमणकारीले पत्रिकाको कार्यालयको बाहिर निस्कने ढोका बन्द गरेर अन्धाधुन्ध गोली चलाएकाले भित्र रहेका मानिस बाहिर निस्कन नसकेको एक कानुनी अधिकारीले बताएका छन् । आक्रमणकारी रामोसको घरबाट बरामद भएका सामग्रीबाट पत्रिकाको कार्यालयमा भएको आक्रमण योजनाबद्ध रहेको पुष्टि भएको प्रहरीले जनाएको छ ।

बिहीबार भएको आक्रमणका दोषी ३८ वर्षका रामोस अदालतमा भएको सुनुवाईका लागि भिडियो लिङ्क मार्फत प्रस्तुत भएका थिए । एनी एरुन्डेल काउन्टी क्रिमिनल कोर्टमा शुक्रबार भएको सुनुवाईमा न्यायाधीसले उनलाई जमानतमा नछोड्न आदेश दिएका छन् ।

आक्रमणकारीले अदालती प्रक्रिया हेरेको तर केही नबोलेको बताइएको छ । आक्रमणको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निन्दा गर्दै ज्यान गुमाएकाहरु प्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

ह्वाइट हाउसमा बोल्दै ट्रम्पले भनेका थिए, ‘यो आक्रमणकाले हाम्रो देशको विवेकमाथि गम्भीर प्रहार भएको छ र हामी गहिरो शोकमा छौँ । अरु अमेरिकी जस्तै पत्रकारहरु पनि सबै किसिमको डरबाट मुक्त हुन पाउनु पर्छ ।’

आक्रमणकारीले सिसाको ढोका बाहिरबाट समाचार कक्षमा आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् । आक्रमण भएका बेला कार्यालयमा धेरै मानिस थिए ।

पत्रिकाका संवाददाता फिल डेविसका अनुसार अवस्था निकै डरलाग्दो थियो । उनले भने, ‘धेरै मानिसलाई गोली लागेको र आफू आफ्नो डेस्कमुनि बसेको तथा आक्रमणकारीले रिलोड गरेको सुन्नु जतिको डरलाग्दो केही हुने रहेनछ ।’

घटनामा द क्यापिटल गज्याट पत्रिकाका सम्पादक तथा कम्युनिटी रिपोर्टर ६५ वर्षकी वेन्डी विन्टर्स, सेल्स एसिस्टेन्ट ३४ वर्षकी रिबेका स्मिथ, सहायक सम्पादक तथा स्तम्भकार ५९ वर्षका रोबर्ट हिएसन, एडिटोरियल राइटर ६१ व्र्षका गेराल्ड फिस्चम्यान र रिपोर्टर तथा सम्पादक ५६ वर्षका जोन म्याकनामाराको निधन भएको हो । अरु दुईजना घाइते भएका छन् ।

प्राप्त प्रतिकृयाहरू

To Top