जनताले महशुस गर्ने गरि लोकतन्त्रको कार्यन्वयन गरिन्छ- प्रधानमन्त्री 

राजनीति असार १५ २०७५ ekhabarnepal
Kp oli 1258963

काठमाडौं असार १५, 
प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र कसैको कृपाले किस्तिमा सँजाएर नदिएको बताउँदै त्यसका लागि सबैले संघर्ष गरेको बताउनु भएको छ । 

‘हामी आफैले ल्याएको लोकतन्त्र हामी आफै माँस्दैनौ बरु सुद्दढ गरिन्छ, जनताले महशुस गर्ने गरि कार्यन्वयन गरिन्छ’ प्रधानमन्त्री ओलीले बताउनुभयो । आज संघिय संसदमा उठेको प्रश्नहरुको जफाव दिंदै प्रधानमन्त्री ओलीले ‘मुलुक संविधान जारी भएसँगै भएका निर्वाचनहरु मार्फत नयाँ संरचनामा गएकाले सरकार पनि नयाँ तरिकाले चलिरहेको’ बताउनु भयो । 

विपक्षीहरुले बर्तमान सरकारका कारण लोकतन्त्र खतरा भएको अभिव्यक्ति दिएको प्रति इकिंत गर्दै प्रधानमन्त्री ओलीले ‘हिजो हिडिरहेको बाटो अध्यारो भएपनि मोड घुम्ती र वाटोहरु थाहा हुने भएपनि नयाँ अभ्यास गर्दा र नयाँ बाटोमा हिड्दा उज्यालो हुँदा हुँदै पनि कतिपयले शंका गर्ने बताउनुभयो । 

हिजो ६४/६४ जनाको पल्टनको डफ्फाले मुलुक हाँकेको बताउदै सरकारले पुरानो बाटो नहिडि २४ जना मन्त्री मार्फत मुलुक हाँकेको बताउदै सरकारले नयाँ संरचनामा मुलुक चलाउँदा नयाँ तरिकाले ड्राइभ गर्नुपर्ने स्पष्ट पार्नुभयो । 

बर्तमान सरकार जनतालाई विकास, अग्रगमन,सुशासन र सवृद्घिको महशुस गराउने गरि  बढिरहेको बताउँदै, विपक्षी दलहरुले सरकारबाट संशकित हुनु पर्ने कुनै कारण नभएको प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभयो । संसदमा उठेका प्रश्नहरुको जवाफ दिंदै प्रधानमन्त्री ओलीले लोकतन्त्रका लागि निर्वासन, जेल र आन्दोलनका लागि सबैले योगदान दिएकाले कसैले पनि लोकतन्त्रप्रति निराश हुने गरी अभिव्यक्ति दिन नहुने बताउनुभयो ।

सरकार वैदेशिक लगानीलाई आकर्षित गरि मुलुकमा विकास निर्माणका लागि लागि परिरहेको पनि प्रधानमन्त्रीले स्पष्ट पार्नुभयो । स्रोत खेर फाल्ने हैन स्रोतहरुको परिचालन गर्ने नीतिमा सरकार रहेको बताउदैँ,   सरकार तिव्र आर्थिक विकासका लागि अग्रसर रहेको स्पष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले मुलुकको लगानीले मात्र ठूला आयोजना सम्पन्न गर्न नसकिने बताउँदै आफ्नो क्षमतालाई नजरअन्दाज गर्दै मुलुकको हितका लागि वैदेशिक लगानी समेत ल्याउनु पर्नेमा जोड दिनुभयो । 

संसदमा बोल्दै प्रधानमन्त्री ओलीले संविधान निर्माणका लागि आवश्यक पर्ने सबै कानून एक साताभित्र आइसक्ने पनि बताउनुभयो । लोकतन्त्र प्रति सरकार प्रतिवद्घ रहेकाले यसमा कसैले शंका नगर्न प्रधानमन्त्रीले पटक–पटक आग्रह गर्नुभएको छ । 

प्राप्त प्रतिकृयाहरू

To Top