सैनामैनाको बासगढीमा प्रदेशका मुख्यमन्त्रि सहित अन्य मन्त्रिहरुबाट सामुहिक रुपमा धान रोपेर दिवश मनाइयो  

समाज असार १५ २०७५ ekhabarnepal
154hjny451re

बुटवल असार १५ ,
प्रदेश नम्वर ५ को भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा आज रुपन्देहीको सैनामैना नगरपालिकाको बासगढीमा १५ औ राष्टिय धान दिवश मनाइएको छ ।
प्रदेश नम्वर ५ का मुख्यमन्त्रि शंकर पोखरेल सहित प्रदेशका मन्त्रिहरु, प्रदेश सभाका सदस्यहरु, कृषि क्षेत्रमा क्रियाशिल बिभिन्न संघ सस्थाका प्रमुखहरु सहित सयौ जनाको सहभागितामा स्थानीय किसानको खेतमा सामुहिक  धान रोपेर दिवश मनाईएको हो ।


त्यसअवसरमा बोल्दै मुख्यमन्त्रि पोखरेलले प्रबिधिको प्रयोग गरी कृषिलाई व्यवसायीकरण गरेर अघि बढे मात्र किसानले यसबाट लाभ लिन सक्ने बताउदै प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा यान्त्रिकरणका लागि किसानलाई बिशेष अनुदानको व्यवस्था गरेको बताउनु भयो । उहाले केही हुदैन भन्ने होइन गरे के हुदैन भन्ने मान्यतालाई अगिकार गर्दै युवाहरुलाई किषिमा आर्कषित हुन आग्रह गर्नुभयो ।
१५ औ राष्टिय धान दिवशका अवसरमा रुपन्देहीमा बुटवल उपमहानगरपालिका सहित बिभिन्न नगरपालिका र गाउपालिकाहरुले रोपाई महोत्सवको आयोजना गरेका छन ।

प्राप्त प्रतिकृयाहरू

To Top