आज ट्रम्प र पुटिनको शिखर वार्ता सहमतिको औपचारिक घोषणा 

विश्व असार १४ २०७५ ekhabarnepal
Trump putin 456897223

मस्को असार १४,

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका समकक्षी भ्लादिमिर पुटिनले तेस्रो मुलुकमा गएर शिखर वार्ता गर्न सहमति जनाउनुभएको छ ।

उहाँहरूले तेस्रो मुलुकमा भेट्ने सहमति भए पनि मिति भने घोषणा हुन बाँकी रहेको रुसका प्रमुख प्रशासनीक केन्द्र क्रेमलिनले बुधबार जनाएको छ । 

“तेस्रो मुलुकमा गएर उहाँहरूले गर्ने शिखर वार्ताको मिति र स्थानसमेत तय भइसकेको छ, तर त्यसको औपचारिक घोषणा भने आज दुवै देशका प्रतिनिधिसँगै रहेर गर्ने छौँ,” रुसको राष्ट्रपतिका सहयोगी युरी उशाकोभले भन्नुभयो । रासस  

प्राप्त प्रतिकृयाहरू

To Top