प्रमुख प्रतिपक्षी दलको अनुपस्थितिमै प्रदेश सभाको बैठक सुरु

राजनीति असार १३ २०७५ ekhabarnepal
Btl 1586

बुटवल असार १३,
प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसको उपस्थिति बिनै प्रदेश नम्वर ५ को प्रदेश सभाको आजको बैठक सुरु भएको छ ।
काग्रेसले हिजो बैठक अवरुद्ध गर्ने संकेत गरेपछी दुई दुई पटक स्थगित भएको बैठक आज भने काग्रेस सदस्यहरुको उपस्थिति बिनै सुरु भएको छ ।
मन्ध्यान्ह १२ बजेका लागि बोलाइएको बैठक सवार १२ बजे सुरु भएको छ ।
प्रदेश सभा बैठक भइरहदा प्रदेश सभामा आएका काग्रेसका संसदीय दलका नेता बलदेव शर्मा पोखरेल सहितका काग्रेसका प्रदेश सभा सदस्यहरु संसदीय दलका नेता शर्माको कार्यकक्षमा बसेका छन ।
आजको बैठकको सुरुमा बोल्दै नेकपाका भुमिश्वर ढकाल र दधिराम शर्माले बजेट अति राम्रो र उत्कृष्ट आएको दाबी गर्नु भएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top