प्रधानमन्त्री ओली र प्रमुख प्रतिपक्ष दलका सभापति देउवाबीच भेटवर्ता हुदै 

राजनीति असार १३ २०७५ ekhabarnepal
Vet barta ma oli ra deuwa

काठमाडौँ असार १३,  

प्रधानमन्त्री केपि शर्मा ओली र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाबीच भेटवर्ता हुदैछ ।

संसदीय समिति गठनमा दलीय सहमति खोज्न प्रधानमन्त्री ओलीले आज प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति देउवासँग छलफल गर्न लाग्नुभएको हो । संसदमा गठन हुने बिषयगत समितिको नेतृत्व लगायतका बिषयमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षीबीच दुरी बढेपछि प्रधानमन्त्री ओलीले सभापति देउवासँग छलफल गर्न लाग्नुभएको हो । प्रधानमन्त्री निकट स्रोतका अनुसार दिउँसो हुने छलफल समितिको नेतृत्व तथा सदस्य संख्यामा रहेको बिवाद समाधानमा केन्द्रित रहनेछ ।

प्रतिनिधिसभाका १०, राष्ट्रिय सभाका ४ तथा २ संयुक्त समितिको गठन, नेतृत्व र सदस्यहरुको नाममा दलीय विवाद देखिएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय समितिमा आफ्नो स्थान सुनिश्चित नभएसम्म नाम नदिने तथा आफ्नो दलले नेतृत्व पाउने समिति यकिन हुनुपर्ने अडान राख्दै आएको छ । संसदमा आफ्नो २३ प्रतिशत प्रतिनिधित्व रहेको भन्दै कांग्रेसले सोही आधारमा संसदीय समितिको भागबण्डा हुनुपर्ने अडान राख्दै आएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top