आज बिहान पहिरो खसेपछि नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध 

समाज असार १३ २०७५ ekhabarnepal
Download

चितवन असार १३,  
नारायणगढ मुग्लिन सडकखण्डको चारकिलो भन्ने ठाउँमा आज बिहान ६ः३० बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

नारायणगढ—मुग्लिन सडकखण्डका सूचना अधिकारी शिव खनालका अनुसार पहिरो ठूलो भएकाले पन्छाउन समय लाग्नेछ । पहिरो खसेलगत्तै पन्छाउने काम अघि बढेको भन्दै उहाँले थप पहिरो नखसेमा बिहान ११ बजेसम्ममा पन्छाउन सकिने बताउनुभयो । सोही सडकमा मंगलबार बिहान पहिरो खसेपछि ११ घण्टा सवारी आवागमन अवरुद्ध बनेको थियो ।

बेलुका ४ बजे पहिरो पन्छाएपछि रातभर सवारीको लाम र जामका कारण यात्रुले हैरानी बेहोरेका थिए । आजबिहान पुनः पहिरो खसेपछि यात्रु रोकिएका छन् ।सरकारले उच्च जोखिममा रहेका भनिएका सडकखण्डमध्ये यो एउटा सडकखण्ड पनि हो । सडक विस्तारका क्रममा रहेकाले यो सडकखण्डको भुई कालोपत्रे भएको भएपनि समय समयमा खस्ने पहिरोका कारण सडक जोखिमपूर्ण रहेको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top