कविता- पाईलट बनेछुं कसरी ?

मनोरञ्जन असार १२ २०७५ रीता काफले
Rita kafle 158697521

 

                          "समय"

रीता काफले   

न मैले समयलाई चलाउन  सके 
न त मलाई समयले चलाउननै सक्यो 
किन होला भन्दै कारण नियाल्दै गए 
आज भेटाए एउटा उचित कारण पनि ।।।
किनकी समय को लागि म उल्टो हिडदोरहेछु
र मेरो लागि पनि समय उल्टोनै थियो 
त्यसैले जिवनमा तेर्सियो समय धारिलो तरबार बनि ।।।

 

समयलाई बुझन निकै कठिन रहेछ 
तर निरन्तर प्रयासले सायद सफलनै ठहरिए 
यात्रामै भनम भोगे कति अनौठा ठक्करहरु
अनि भेटाए समयले मलाई दिएको पदउपहार पनि ।।। 
त्यो पदमै आशित छु म अहिले पनि तर दु :खी बनि 
किनकी जिवनमा तेर्सियो समय धारिलो तरबार बनि ।।।


समयले मलाई दिलाएको पद यो हो कि
जुन मैले कल्पना पनि गरेको थिईन
जब म उसलाई खोज्दै घडिको नजिक पुगे    
देख्नासाथ मलाई सम्मान पूर्वक बोलायो पाल्नुहवस् 'पाईलट' भनि ।।।
अबोधमै रोमलिए केहिबेर एक्लै थिए त्यहा पनि 
किनकी जिवनमा तेर्सियो समय धारिलो तरबार बनि ।।।

 

बिना कुनै कागजात अनि प्रमाण 
समयले मलाई पाइलट भनेपछि ह्र्षित थिए एकै क्षण 
तर लाग्यो पाइलट म बनेछु कसरी ?
हराएछु भावनामै पाइलट भनेपछि अनि बिर्सिएछु आफनै परिचय पनि ।।।
फेला पारिन केहि कारण म कसरी पाइलट बने ?
किनकी  जिवनमा  तेर्सियो  समय  धारिलो  तरबार  बनि ।।।

 

 भन्दैछ समय-आजको मान्छे हैं तिमी अनि भन्छौ

यस्तै भईदियो समयनै;  त्यसो होईन बुझ
चलाउनु पर्ने त मैले हो तिमीलाई तर 
मेरो असमझदारीमा नै डोराउदैछौ  किन ?मलाई 
पाईलट यसरी बन्यौ तिमी उडाउनाले  समयलाई 
पश्चतापमा परे केहिक्षण ;टुङिगियो मेरो यात्रा अनि पुगे गन्तब्यमा पनि ।।।
आजसम्म  बुझन सकिन समयलाई 
किनकी  जिवनमा  तेर्सियो   समय   धारिलो   तरबार    बनि ।।।

 

किनकी  जिवनमा  तेर्सियो  समय  धारिलो  तरबार  बनि ।।।(समयलाई बुझन नसकेकै कारण जिवन अन्योलमै रोमलिएको छ । त्यसैले समयको सदुपयोग गरि सँगै कदम चालै .)

प्राप्त प्रतिकृयाहरू

To Top