आज समूह 'सि'को टुंगो लाग्नेछ ,नकआउट चरणमा पुग्ने डेनमार्कको बलियो सम्भावना

खेल असार १२ २०७५ ekhabarnepal
National team122689


एजेन्सी । विश्वकप फुटबलअन्तर्गत समूह सि बाट विश्वकपको नकआउट चरणमा प्रवेश गर्ने टिमको टुंगो आज लाग्दैछ । आज समूह सि अन्तर्गत फ्रान्स र डेनमार्क तथा पेरु र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ ।

रसियाको लुजिञ्की रंगशालामा नेपाली समय अनुसार ७ बजेर ४५ मिनेटमा फ्रान्सले डेनमार्कसँग प्रतिस्पर्धा गर्दैछ ।  फ्रान्स यसअघिको आफ्नो दुई खेलमा लगातार जित हात पार्दै नकआउट चरणमा प्रवेश गरिसकेको छ भने अन्य एक टिमको छिनोफानो हुन बाँकी छ । 

फ्रान्सले २ खेलमा जित निकाल्दै ६ अंक बनाउँदै प्रिक्वाटरफाइनलमा एक खेल खेल्नु अघि नै प्रवेश गरेको हो । त्यति नै खेलबाट समान १ खेलमा जित र एक खेलमा बराबरी खेलेको डेनमार्कको ४ अंक रहेको छ । डेनमार्कको विश्वकप फुटबलको नकआउट चरणमा पुग्ने बलियो सम्भावना रहेको छ । 


अहिलेसम्म फ्रान्स र डेनमार्कको भेट १३ पटक भएको छ । जसमा फ्रान्सले ८ खेल जितेको छ । त्यस्तै, ४ खेलमा डेनमार्कले जितेको छ भने एक खेल बराबरीमा सकिएको थियो ।

त्यस्तै, यसै समूहको अर्को खेलमा अष्ट्रेलियाले पेरुसँग फिष्ट रंगशलामा खेल्दैछ । अष्ट्रेलियाको पनि विश्वकपको नकआउट चरणमा पुग्ने झिनो आश बाँकी नै छ । अष्ट्रेलियाले पेरुलाई भारीअन्तरले पराजित गरेमा र फ्रान्सले डेनमार्कलाई पराजित गरेको खण्डमा अष्ट्रेलिया विश्वकपको नकआउट चरणमा पुग्नेछ ।
 

प्राप्त प्रतिकृयाहरू

To Top